२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वसनीय संयन्त्रमाफत संक्रमणकालीन न्यायलाई सरकारले टुंगोमा पुर्‍याउनुपर्ने हुन्छ: मानव अधिकार आयोग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले विश्वसनीय संक्रमणकालीन संयन्त्रहरुमार्फत संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आईतवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राजनीतिक सहमतिको नाममा संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने काममा ढिलाई गरिएको भन्दै सरकारप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो । अध्यक्ष मगरले मानव अधिकार सम्बन्धि अन्तराष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको आदेश र आयोगले दिएको सुझावहरुलाई केन्द्रमा राखेर संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन पनि सरकारलाई आग्रह गर्नुभयो । उहाँले आयोगका सिफारिस कार्यान्वयन गर्ने काममा पनि सरकारको उत्साहजनक सहभागिता नरहेको बताउनु भयो ।

अध्यक्ष मगरले भन्नुभयो, ‘विगत १७ वर्षदेखि पूरा हुन नसकेको संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकारले पटकपटक प्रतिवद्धता जाहेर गरेपनि सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा विचाराधिन छ । राजनीतिक सहमतिको नाममा ढिलाई भएको कारणले अपेक्षित परिणाम हासिल हुन सकिरहेको छैन । संक्रमणकालीन न्यायका संयन्त्रहरुलाई अधिकार सम्पन्न बनाउने कार्यमा अन्तराष्ट्रिय मूल्य मान्यता, सर्वोच्च अदालतको आदेश र आयोगको सिफारिस बमोजिम ऐन संशोधन गरी विश्वसनीय संक्रमणकालीन संयन्त्रहरु गठनमार्फत प्रभावकारी कार्य सम्पादनबाट टुंगोमा पुर्‍याउनुपर्ने देखिन्छ । आयोगले नेपाल सरकार समक्ष गरेका सिफारिसहरु कार्यान्वयन उत्साहजनक छैन । सिफारिसहरुको कार्यान्वयन गर्ने सन्दर्भमा गत वर्षदेखि नेपाल सरकारबाट सिफारिस कार्यान्वयन गर्न समिति गठन गरिएको भएतापनि कार्यान्वयनको अवस्थाले गति लिन सकेको छैन ।’

अध्यक्ष मगरले आयोगको सिफारिस कार्यान्वयनका निम्ति गठन गरिएका समितिहरुले काम गर्न नसकेकाले त्यसको कार्यान्वयनको अवस्थाले गति लिन नसकेको पनि स्पष्ट पार्नुभयो ।