८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

एनसेल प्रकरणमा अपराधपूर्ण काम भएको छ: केपी ओली

एनसेल प्रकरणमा अपराधपूर्ण काम भएको छ: केपी ओली
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गलाई स्तरोन्नति गर्ने कुरामा एमालेको गम्भीर ध्यान गएको बताउनुभएको छ ।

एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प अभियान अन्तर्गत शनिबार राति नुवाकोटको बट्टारमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले सो मार्ग नबन्दा व्यापार व्यवसायदेखि बिरामीको उपचारमा समेत समस्या परेको बताउनुभयो । नेपालका हरेक क्षेत्रको विकास र विस्तार तीव्र गतिमा हुनु पर्नेमा ओलीले जोड दिनुभयो ।

अब हिजोको जस्तो निर्वाहमुखी होइन समृद्धिको यात्रामा अघि बढ्नु पर्ने ओलीले बताउनुभयो । यही सन्देश लिएर नेकपा एमालेले मङ्सिर १४ गतेबाट अभियान सुरु गरेको उहाँले स्पष्ट पार्नुभयो । यात्राको क्रममा राति १० बजेसम्म पनि नागरिकले पर्खिएर शुभकामना दिएको भन्दै ओलीले धन्यवाद व्यक्त गर्नुभयो ।

एमालेलाई सरकारबाट हटाएपछि देशको अर्थतन्त्र कुन अवस्थामा पुगेको छ भन्ने नेपालीले अनुभूत गरेका उहाँले बताउनुभयो । जे गरे पनि पाइने, जे गरे पनि हुने अवस्थामा देश पुगेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

अहिले एनसेल कम्पनी प्रकरणमा ठुला आर्थिक अपराधको काम भइरहेको ओलीले टिप्पणी गर्नुभयो । २०२७ मा नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने कम्पनीले सो कुरा छल्नलाई कम्पनी अर्कालाई बेचेको नाटक गरिएको ओलीले बताउनुभयो । ‘खरबौँको कारोबार अरबमा गर्ने अत्यन्त अपराधपूर्ण काम भएको छ’, ओलीले भन्नुभयो ।

देशलाई कंगाल बनाएर केही मानिसले ढुकुटी भर्ने कमिसनको खेल बन्द गर्न ओलीले सरकारलाई आग्रह गर्नुभयो । यो खेल नेकपा एमाले र नेपाली जनतालाई मान्य नहुने उहाँले स्पष्ट पार्नुभयो ।

सरकार भ्रष्टाचार र सुन तस्करी काण्डमा डुबेको ओलीले टिप्पणी गर्नुभयो । सरकारको संलग्नता बिना एयरपोर्टबाट ३५ टन सुन छिर्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो । ‘सरकारको मिलेमतो मात्र होइन, सरकारी क्रियाकलापको अंग बनाएर छिराइएको छ, त्यहाँका कर्मचारीलाई संलग्न बनाएर गरिएको छ’, उहाँले भन्नुभयो ।

वर्तनमा गठबन्धन सरकार निकम्मा भएकोले सरकारमा बस्ने हैसित नरहेको उहाँले बताउनुभयो । यो सरकार अब देशको लागि अफाप सिद्ध भइसक्यो, सो सरकारलाई सत्तामा बस्ने अधिकार नै छैन’, उहाँले भन्नुभयो ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।