• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

नेपाल सुपर लिगः स्पोर्टिङ इलामले दुई गोलको अग्रता जोगाउन सकेन



काठमाडौँ । दुई गोलको अग्रता जोगाउन नसक्दा स्पोर्टिङ इलाम एफसीले शनिबार नेपाल सुपर लिग(एनएसएल) मा दोस्रो जित निकाल्ने अवसर गुमाएको छ ।

दशरथ रंगशालामा स्पोर्टिङ इलामले आफ्नो पाँचौं खेलमा शनिवार दुई गोलको अग्रता जोगाउन नसक्दा धनगढी एफसीसँग २–२ को बराबरी नतिजा सामना गरेको हो । अन्तिम २१ मिनेटमा दुई गोल फर्काउँदै धनगढीले हारको संकट टा¥यो । यो बराबरीसँगै अपराजित धनगढी चार खेलबाट आठ अंकसहित शीर्ष स्थानमा छ । समान खेलमा पोखरा थण्डर्सको पनि समान आठ अंक भएपनि धेरै गोल गरेको आधारमा धनगढी शीर्ष स्थानमा पुग्यो । यता, स्पोर्टिङ इलाम भने पाँच खेलबाट एक जित र एक बराबरीसहित चार अंकसहित छैटौं स्थानमा छ ।

त्यसअघि धनगढीका रन्दीप पौडेलले १९औं मिनेटमा २० यार्ड टाढाबाट गरेको प्रहार अकासियो । २३औं मिनेटमा रोहन कार्कीले पेनाल्टी क्षेत्रबाट गरेको सशक्त प्रहार उत्कृष्ट बचाउ गरे । इलामका लागि २९औं मिनेटमा इब्राहिम जितेको उत्कृष्ट फ्रिकिक धनगढीका मोहमद ताहाले पन्च गर्दै बाहिर पठाइदिए । इलामका अमाथ एन्डअले ३७औं मिनेटमा गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् । ४४औं मिनेटमा स्पोर्टिङ इलामले गोल गर्दै अग्रता लियो । अमाथ एन्डअले दिएको पासमा फोडे क्यामराले खाली पोस्टमा गोल गरे ।

पहिलो हाफको थप गरिएको समयमा इलामले अर्को गोल फर्कायो । नवीन लामाको कर्नर बललाई धनगढीका गोलकिपर ताहाले फुत्काएपछि ओमार मुस्ताफा थियमले वान टच गोल गरे । त्यससँगै पहिलो हाफमा स्पोर्टिङ इलामले २–० को अग्रता लियो । भरत खवासले ४९औं मिनेटमा गरेको सट धनगढीका डिफेण्डरका खुट्टामा ठोकिए पनि गोलकिपर ताहाले सहजै रोके । इलामका ओमार ५५औं मिनेटमा धनगढीका गोलकिपर ताहा लडेको अवस्थामा गोल गर्न चुके ।

फोडे क्यामराको पासमा १० यार्ड टाढाबाट उनी गोल गर्न असफल रहे । चार मिनेटपछि कमल श्रेष्ठको फ्रिकिक माथिल्लो बार माथिबाट बाहिरिन पुग्यो । फोडे फोफनाले ६५औं मिनेटमा गोल गर्ने अवसर गुमाए । नजिकैबाट उनको हेडर पोस्टको दिशा लिन सकेन । धनगढीले ६९औं मिनेटमा पेनाल्टीमार्पmत खेलमा फर्कने अवसर पायो । इलामका डिफेन्डर जितेले फोडे फोफानलाई लडाएपछि धनगढीले पेनाल्टी पायो । सो अवसरमा धनगढीका रिचर्ड अग्येमेङले गोल गर्दै २–१ को अवस्थामा ल्याए । एक मिनेटपछि नै धनगढीका रोहनले बराबरीमा ल्याउने अवसर सदुपयोग गर्न सकेनन् ।

अहमद हिजाजीको पासमा उनी नजिकैबाट गोल गर्न चुके । उनको फितलो सट इलामका गोलकिपर समित श्रेष्ठले सहजै रोके । ७४औं मिनेटमा नवीन लामाले इलामको अग्रता बढाउने अवसर पाए । तर, उनको सट धनगढीका गोलकिपर ताहाले सफल हुन दिएनन् । ८२ औं मिनेटमा इलामले फ्रिकिक अवसर पायो । एक मिनेटपछि नै ओलावाले आफिजको हेडरमार्पmत धनगढी २–२ को बराबरीमा फर्कियो । फोफानाले राइट कर्नरबाट दिएको बललाई आफिजले उत्कृष्ट हेडर गर्दै गोल गरे । इन्जुरी समयमा आफिजले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार इलामका गोलकिपर समित श्रेष्ठले रोक्दै संकट टारे । अन्तिम समयमा अभिसेक गुरुङले दिएको पासमा रामचन्द्र वाजीको सट माथिल्लो बारमा लागेर फर्किंदा धनगढीले जित निकाल्ने अवसर गुमायो ।