• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

महिला हिंसा अन्त्यका लागि एकजुट भएर लागौंः मन्त्री आचार्य



काठमाडौँ । महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिला हिंसा अन्त्यका लागि एकजुट हुन सबैलाई आह्वान गर्नुभएको छ ।

महिला हिंसाबिरुद्धको १६ दिने अभियान अन्तरगत शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि समाजका सबै पक्षले पहल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । मन्त्री आचार्यले महिला हिंसाबिरुद्धको अभियानमा पुरुषको सहभागिता बढाउन जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले महिलालाई आर्थिक रुपमा सम्पन्न गराएर उनीहरुमाथि हुने सबै प्रकारको विभेद गर्ने अभियान सरकारले अघि बढाए पनि त्यसका लागि विनियोजन गरिएको बजेट सदुपयोग हुन नसकेको गुनासो गर्नुभयो । मन्त्री आचार्यले महिला हिंसा अन्त्यका लागि समाजमा जनचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाउनुपर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी सबैलाई महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा, कुरीतिको अन्त्य गर्न एकजुट भएर लागौं भनेर आह्वान पनि गर्न चाहन्छु । महिलामाथि हुने हिंसा र दूव्र्यवहार हटाउन हामीले यतिबेला ३ वटा कुरामा ध्यान दिनुपर्छ भन्ने मलाई लाग्दछ । पहिलो, संविधान र कानूनले जतिसुकै व्यवस्था गरेपनि समाजमा सचेतनाको अभाव भयो भने त्यसको पूर्ण कार्यान्वयन कठिन छ । त्यही भएर महिला हिंसा बिरुद्धको सचेतना कार्यक्रमलाई ब्यापक बनाउन पनि जरुरी छ ।

दोस्रो, महिला पुरुष भनेको एउटा रथका दुई पांग्रा हुन् । ती मध्ये एकको अभावमा अर्को गुडन सम्भव रहँदैन । त्यही भएर महिलामाथि हुने हिंसाविरुद्धको अभियानमा पुरुषहरुको सहभागिता सुनिश्चत गर्दै लैजानुपर्छ भन्ने मेरो धारणा रहेको छ । र, तेस्रो भनेको महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउने विषय पनि हो ।

विभेद र दुव्र्यवहारको एउटा जड परनिर्भरता पनि हो । महिलाको परनिर्भरतालाई अन्त्य गरेर उनीहरुलाई आर्थिक उपार्जनका निम्ति सवल बनाउँदै महिला सशक्तिकरण गर्न जरुरी छ । नीति तथा कार्यक्रममा नै महिलाका लागि विभिन्न किसिमका योजनाहरु बनाउँदै सरकारले कूल बजेटको करिव २० प्रतिशतको हाराहारीमा लैंगिक समानताका लागि बजेट छुट्टयाउँदै आएको छ । तर त्यसको सही सदुपयोग नभईरहेको गुनासो आइरहेका छन् ।’

मन्त्री आचार्यले महिलामाथि हुने विभेद अन्त्यका लागि सरकारले महिला सशक्तिकरणको कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको बताउनु भयो ।