८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

स्थानीय तहको साथले उत्साहित मटिहानीका किसान

स्थानीय तहको साथले उत्साहित मटिहानीका किसान
अ अ+ अ-

महोत्तरी । खेती लगाउने बेला बीउ पाएपछि मटिहानी नगरपालिकाका गहुँ खेती गर्ने किसानलाई राहत मिलेको छ । खेती लगाउने बेला नगर कार्यपालिकाको कृषि शाखाले बीउको गहुँ उपलब्ध गराएपछि नगरक्षेत्रका किसानले राहत महसुस गरेका हुन् ।

“खेतीका बेला बीउ, मल नपाएर हैरान भइन्थ्यो, पछिल्ला दुईरतीन वर्षदेखि समयमै पाइएको छ”, मटिहानी–९ सिमरदहीका किसान गोपाल मण्डलले भन्नुभयो, “यति सुविधाले पनि धेरै सजिलो महसुस गरेका छौँ ।” नगर कार्यपालिकाको कार्यालयले नगरक्षेत्रका नौ सय किसानलाई १० किलोग्राम उन्नत जातको गहुँको बीउ उपलब्ध गराइएको जनाएको छ । यो परिमाण करिब चार कठ्ठा जग्गालाई पुग्ने बीउ भएको कृषि शाखाका प्रमुख टङ्कप्रसाद उपाध्यायले बताउनुभयो ।

किसान मण्डलजस्तै सो बस्तीकै राजेश चौधरी, मटिहानी–५ का रामकुमार यादव र राजेश महतोले पनि समयमा गहुँको बीउ पाएपछि दु:खसुखमा हेर्ने निकाय नगरपालिका रहेछ भन्ने पर्ने गरेको बताउनुभयो ।

मटिहानी नगर कार्यपालिकाले आफ्नो क्षेत्रको कृषि उत्पादन बढाउन विभिन्न मौसमी बालीको समयमा बीउ, मलदेखि अन्य प्रविधिसमेत किसानलाई सुविधा दिँदै आएको जनाएको छ । “हाम्रो नगरको मुख्य आधार नै कृषि हो, त्यसैले विभिन्न बाली लगाइने बेला किसानका लागि खासखास प्याकेजको सहयोग गर्दै आएका छौँ”, नगर प्रमुख हरिप्रसाद मण्डल भन्नुहुन्छ, ।

नगर कार्यपालिकाको कार्यालयले पछिल्ला तीन/चार वर्षयता निरन्तर कृषि प्रवद्र्धनमा जोड दिँदै आएको किसानले बताएका छन् । धान, गहुँँ र मौसमी तरकारीको बीउ समयमा पाउँदा निकै राहत मिलेको मटिहानी–५ का किसान नागेन्द्र यादव बताउनुहुन्छ ।

नगर कार्यपालिकाको कार्यालयले यसअघि स्यालोट्युबवेल जडान गरी ३० किसानलाई मोटर पम्पसेट उपलब्ध गराएको थियो । यसले हलुका सिँचाइमा हुने बाली हुर्काउन सहज भएको किसानको भनाइ छ । “स्यालोट्युबवेल जडान र मोटर पम्पसेट भएपछि हलुका सिँचाइमा हुने बाली लगाइन पाइने भएको छ”, मटिहानी–२ का किसान जैश शेषले भन्नुभयो, “यतिले पनि गरेर खान बाटो दियो ।”

नगरका नौवटै वडाका बस्तीमा वैकल्पिक सिँचाइ व्यवस्थाका लागि आवेदन गरेका किसानलाई स्यालोट्युबवेल जडान र मोटर पम्पसेट खरिदमा नगर कार्यपालिकाको कार्यालयले कूल लागतमा ८५ प्रतिशत र सम्बन्धित किसानले १५ प्रतिशत रकम लगाएका थिए । यसैगरी नगर कार्यपालिकाको कार्यालयले यसअघि फलपूmल रोपण, मखान बजार व्यवस्थापन सहयोगी सामग्री, दाईं गर्ने यान्त्रिक उपकरण र कृषि ज्यावल किसानलाई उपलब्ध गराएको थियो ।

नगर कार्यपालिको कार्यालयले पछिल्ला पाँच वर्षयता बर्सेनि मौसमअनुसार बाली लगाउन बीउ, कृषि ज्यावल, जैविक मलसहितका सामग्री दिँदै आएको छ । यो क्रमले आपूmहरुजस्ता गरिब किसानलाई निकै राहत मिलेको मटिहानी–६ का मेराज अन्सारीको भनाइ छ । रासस