• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

रास्वपाबाट संसदीय समितिका डिजिटल सहभागीताको माग,टंकमणी शर्मा संयोजकत्वको समितिमाथी शंका



फाईल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले संसदीय समितिमा भौतिकरूपमा उपस्थिति हुन नसकेको अबस्थामा डजिटल सहभागीताको माग गर्नुभएको छ ।

कतार भ्रमणमा रहनु भएका लामिछानेले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भौतिकरूपमा उपस्थिति जनाउन नसके पनछ, मेरा केही प्रश्नहरू भिडियोमार्फत् राख्न दिनु भनी अनुमति मागें गरेको तर, नपाएपछि भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको जानकारी गराउनु भएको छ ।

उहाँले सामाजिक संञ्जाल मार्फत राख्नु भएको प्रश्न यस्तो रहेको छ ।

म अहिले कतारमा छु। नेपालमा भर्खरै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ। भौतिकरूपमा उपस्थिति जनाउन नसके पनि, मेरा केही प्रश्नहरू भिडियोमार्फत् राख्न दिनु भनी अनुमति मागें। तर, नपाएपछि सो भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै छु।

आशा छ, सम्बन्धित निकायसम्म मेरा प्रश्न पुग्ने नै छन्। साथै, हामीले पहिलेदेखिनै संसदको क्यालेन्डर बनाइनु पर्छ भनेर भन्दै आइरहेका छौं । तर, बनेको छैन । जसका कारण कतिपय अवस्थामा यस्ता महत्वपूर्ण बैठकमा हामी सहभागी हुन असमर्थ हुन्छौं। त्यसैले संसदले यसतर्फ ध्यान दिन जरुरी छ।

हामीले जाजरकोट भूकम्पका प्रभावितलाई चिसोबाट जोगाइ पुनर्स्थापना र पुनर्निर्माणमा सरकारले तय गरेको नीति र योजनाबारे जानकारी गराउने व्यवस्थाका लागि समितिका सभापतिज्यूको ध्यानाकर्षण पनि गराउदै छौं।