३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांस्कृतिक सम्पदा परियोजनाको पुनस्र्थापना र पुनर्निर्माणका लागि भारतले नेरु. २३ करोड आर्थिक सहयोग गर्ने



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकको सांस्कृतिक सम्पदा परियोजनाको पुनस्र्थापना र पुनर्निर्माणको लागि नेपाललाई भारतले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । भारत सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा ठेकेदारहरुबीच आज तीनवटा ठेक्का सम्झौतामा भारतले नेरु २३ करोड आर्थिक सहयोगको हस्ताक्षर गरेको छ। सो सम्झौता अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा अवस्थित चिरी घ्याङ्ग गुम्बा, तार्के घ्याङ्ग गुम्बा र मेलाम्ची घ्याङ्ग गुम्बाको निर्माण हुन लागेको हो ।

उक्त कार्यक्रममा भूतपूर्व अर्थराज्यमन्त्री डा. लार्केल लामा, प्रदेश सभाका सदस्य निमा लामा, भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका दोस्रो सचिव, राष्ट्रिय पुनर्निर्माण
प्राधिकरणको सांस्कृतिक परियोजनाका परियोजना निर्देशक, सम्बन्धित गुम्बाका अध्यक्ष, भारत सरकारको परियोजना परामर्शदाता क्ष्ल्त्ब्ऋज् तथा सरोकारवालाहरुको उपस्थिति थियो ।
भूकम्पले क्षति पुर्याएका २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण र पुनस्र्थापना गर्नका लागि भारत सरकार र नेपाल सरकारबीच सहमति कायम भएको थियो ।

यी तीन परियोजनाहरु पनि सोही २८ वटा सांस्कृतिक सम्पदा अन्तर्गत पर्दछन् । नेपालका आठ जिल्लामा भूकम्पले क्षति पुर्याएका सांस्कृतिक सम्पदा परियोजनाको संरक्षण, पुनस्र्थापना र पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाइसकेको छ । सोही प्रतिबद्घता
अनुरुप यी परियोजनाहरुलाई अघि बढाइएको हो ।

सिन्धुपाल्चोक जिल्लामा बसोबास गर्ने शेर्पा र तामाङ्ग समुदाय विशेष गरी ह्योल्मो जातिका लागि यी तीनै गुम्बाले सिकाई केन्द्रको रुपमा काम गर्नुका साथै सिन्धुपाल्चोक क्षेत्रको पर्यटनलाई प्रर्वद्घन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।