२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको प्रतिनिधि सभाको बैठकमा कुन सांसदले के भने ? (भिडियो सहित)

आजको प्रतिनिधि सभाको बैठकमा कुन सांसदले के भने ? (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेकपा(एमाले) कि सचेतक शान्ता चौधरीले सरकारले गरेका कामहरुलाई दोषी आँखाले हेरिएको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सचेतक चौधरीले सरकारले हालसम्म गरेका महत्वपूर्ण कामहरुलाई दोषी आँखाले हेरिने गरेको बताउनुभएको हो ।

सरकारले तीन दशकपछि मेलम्चीको पानी काठमाडौंमा झारेको, देशलाई सुरुङ मार्गमा प्रवेश गराएको, भूकम्प पछिको पुननिर्माणका कामहरु भइरहेका तथा नयाँनयाँ विद्यालयहरु बनाउने लगायतका कामहरु सरकारले गरेको बताउनुभयो । सरकारले विद्रोही शक्तिलाई शान्तिपूर्ण राजनीतिमा प्रवेश गराई इतिहासमै ठुलो काम गरेको पनि बताउनुभयो । सरकाले देशलाई आत्मनिर्भर उन्मुख बनाउँदै लगेको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो ‘विद्रोही शक्तिलाई वार्ताको टेबुल मार्फत शान्तिपूर्ण राजनीतिमा प्रवेश गराएको छ सरकारले । विप्लव समूह, सिके राउतजस्ता विद्रोही समूहलाई शान्तिको बाटोमा ल्याएको छ यो सरकारले । मलाई लाग्छ यो सत्ता पक्षले मात्रै होईन, प्रतिपक्ष सबैले सरकारलाई यतिबेला खुलेर धन्यवाद दिनुको सट्टा अहिलेपनि सरकारले केही गरेन भनेर हामीले बिरोध गरिरहेका छौँ । त्यसकारणले म भन्दैछु कस्तो संस्कार हो हाम्रो ? कस्तो बुझाइ हो हाम्रो ? अब देशमा कुनै विद्रोही शक्ति हुने छैनन् । इतिहासमा यो सरकारले सबैभन्दा ठुलो काम गरेको छ ।’

नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले जनताले अहिले चुनाव नचाहेको बताउनुभयो । जनताले कोरोना र आर्थिक मन्दीबाट राहत चाहेको उहाँको भनाई छ । सांसद श्रेष्ठले बागलुङमा चैत्र १५ गते फागु पुर्णिमाको दिन युवाहरु बीच भएको झडपका क्रममा नेपाली कांग्रेस जिल्ला समिति सदस्य प्रकाश कुँवर र कार्यकर्ता दीपक परियारको हत्या भएकोमा आपत्ति प्रकट गर्दै दोषिलाई पक्राउ गरी कानूनी कारबाही गर्न माग गर्नुभयो । साथै उहाँले म्यानमारमा सैनिक सरकारले गरेको नरसंहार अमानवीय र निन्दनीय भन्दै म्यानमारको जनताको पक्षमा प्रष्ट रुपमा उभिएर अन्तर्राष्ट्रिय पहलकदमी लिन आवश्यक रहेको पनि बताउनुभयो ।

मेलम्चीको पानी काठमाडौँ ल्याउने सपना कृष्णप्रसाद भट्टराईको भएको उल्लेख गर्दै उहाँले अहिले आउनु खुशीको विषय भएपनि मैले नै ल्याएको हुँ भन्ने हुङ्कार न्यायोचित नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘यो कसैको जस र अपजस भन्नुभन्दा पनि हाम्रा सन्त नेता कृष्णप्रसाद भट्टराईले जुन सपना देख्नुभएको थियो । काठमाडौं भ्यालीका जनता अत्यन्त काकाकुल अवस्थामा रहेको हामीलाई सर्वविदित नै छ ।

त्यो काकाकुल अवस्थाबाट कसरी काठमाडौंबासिलाई खानेपानी उपलब्ध गराउन सकिन्छ भनेर आजको तिस वर्ष पहिला उहाँले सपना देख्नुभयो । आज सबैले खानेपानी प्राप्त गरेको छ । यो सबैका लागि खुशीको विषय हो । तीस वर्ष पहिलाको जस लिने कि अहिले सरकारले धारामा पानी ल्याएको जस लिने ठुलो कुरो होइन । हिजो तीस वर्षमा गरेको काम अहिले मैले धारामा पानी झारे भनेर, मैले नै गरें भनेर यो हुङ्कार चाहीँ सदनमा कति न्यायोचित हुन्छ ?’

नेकपा(माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले सरकारले संविधानको सर्वोच्चता र विधिको शासनलाई पालना नगरेको बताउनुभयो । सर्वोच्च अदालतको फैसलाले संसदको पुर्नस्थापना गरेको तर सरकारको पुर्नस्थापना नगरेको भन्दै उहाँले सरकार कामचलाउ भएको टिप्पणी गर्नुभयो । संसदमा बिजनेशका लागि विभिन्न विधेयकहरु भएपनि सरकारले एजेण्डाको रुपमा नल्याएर संसदलाई पुनः भङ्ग गरेर मध्यावधि निर्वाचनमा धेकल्न खोजेको उहाँको बताउनुभयो ।

संविधानले तोकेको अवधि अगाडी हुने निर्वाचन सही अर्थमा निर्वाचन हुन नसक्ने पनि बताउनुभयो । सरकार संविधान समाप्त पार्ने दिशातिर उद्दत्त रहेको उहाँको आरोप छ । सर्वोच्च अदालतको नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) एकता खारेज गर्ने फैसलाले नेपालको दल सम्बन्धी स्वतन्त्रताको अधिकार हनन भएको र दलको अधिकार माथि हनन गर्ने प्रक्रियाको शुरुवात भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘नेपालको संविधानको दल सम्बन्धी स्वतन्त्रतामाथिको अधिकारलाई हनन गरेको देखिन्छ । दल खोल्न पाउने, विचार मिल्नेहरुको बीचमा दल खोल्न पाउने, स्थापना गर्न पाउने, गठन गर्न पाउने दलहरुको अधिकारको कुरा हो ।

तर त्यो दलहरुको अधिकारमाथि हनन गर्ने प्रक्रियाको सुरुवात भएको छ । यतिबेला दलीय स्वतन्त्रतासहितको संघीय लोकतान्त्रिक गणतन्त्र जो मुलुकमा स्थापित भएको छ त्यसमाथि एकप्रकारले खड्गो पैदा भएको छ । सङ्कट पैदा भएको छ । यो सङ्कटका विरुद्धमा सबै सजग र सचेत रहेर जुध्नका लागि आग्रह गर्न चाहान्छु ।’

जनता समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले म्यान्मारमा भएको नरसंहारका विरुद्ध र मानवअधिकार तथा लोकतन्त्रको पक्षमा सरकार र संसद बोल्नुपर्ने बताउनुभयो । यस्तै काठमाडौंमा देखिएको प्रदुषणका कारण सिर्जित समस्या समाधान गर्न केवल घरमा बसेर मात्रै नहुने भन्दै उहाँले प्रदुषण नियन्त्रणका लागि सरकारले वैज्ञानिक विधि अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले टिकापुर हत्याकाण्डका दोषिलाई सरकारले माफी दिन लागेको भन्दै टिकापुर हत्या काण्डलाई राजनीतिक मुद्दा बनाई माफी दिनु नहुने बताउनुभयो । संसद पुर्नस्थापना पछि संसदमा कुनैपनि पार्टीको स्पष्ट बहुमत नभएको सन्दर्भमा सरकारको बहुमत पु¥याउनको लागि रेशम चौधरी लगायतको रिहाइ गरिए कानून र न्यायको अवहेलना हुने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारत तर्फको खुल्ला सिमानाका कारण नेपालमा कोभिड–१९ को संक्रमण फैलन सक्ने भएकाले सिमानामा क्वारेन्टाइन तथा परिक्षणको व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । कोभिड–१९ संक्रमणबारे अघिल्लो वर्षबाट पाठ सिक्नुपर्ने उहाँको भनाई छ । कोभिड–१९ का विरुद्ध सत्तारुढ दलका कार्यकर्तालाई सीमामा स्वयंसेवकको रुपमा परिचालन गर्नुपर्ने पनि बताउनुभयो ।

सांसद सुवालले सरकारी अस्पतालमा अझैपनि राम्रो सेवा सुविधा नभएको टिप्पणी गर्नुभयो । सरकारी अस्पतालका चिकित्सक, आवश्यक उपकरणलाई पर्याप्त बनाइ गुणस्तरीय सेवा दिन सरकारको ध्यान नपुगेको उहाँको भनाई छ । प्रदुषणका कारण काठमाडौंमा स्वास्थ्य समस्या देखिएकाले काठमाडौंलाई रोगीको थलो बनाउन नदिन सरकारले ध्यान पुर्‍याउनु पर्ने सांसद सुवालले बताउनुभयो ।