काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले एनसेल प्रकरणमा सरकार र दलहरू कठोर हुन जरुरी रहेको बताउनु भएको छ ।
एनसेलको खरिदबिक्रि सस्कास्पद रहेको दाबी गर्दे महमन्त्री शर्माले बाह्य लगानीलाई नेपालमा सहज वातावरण नरहेको आक्षेप खारेज गर्न संगठित पहल गर्नुपर्ने जनाउनु भएको छ ।
उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ ।
Ncell ले `पुँजिगत लाभकर´ नतिर्ने प्रपन्च गर्दा त्यो बेला हामीले अघि बढाएको अभियानको नाम थियोे No tax No Ncell दबाब र मुद्दापछि अन्ततः उ झुक्न बाध्य भयो ! अहिलेको प्रकरणमा सरकार र दलहरू कठोर हुन जरुरी l जनदबाबको स्वतस्फूर्त साथ फेरिपनी साथमा हुनेछ l








