५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेल प्रकरण: समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक: सभापति लामिछाने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदबिक्री प्रकरणमा सरकारबाट समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक भएको आरोप लगाउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एनसेलमा गैरकानूनी काम भएको भए तत्काल कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरुको संलग्नता हुने आशंका व्यक्त गर्नुभयो । उहाँले एनसेलले कर नतिरेको भए तत्काल कारबाही गर्नुपर्ने बताउनु भयो ।

उहाँले गैरकानूनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने नभइ कर छल्ने मानिसलाई पक्राउ गर्नुपर्ने बताउनु भयो । उहाँले कर छली लगायतका विभिन्न गैरकानूनी काममा वृहत अनुसन्धान गर्नुपर्ने पनि बताउनु भयो । उहाँले एनसेल खरिदबिक्री प्रकरणबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले दिनुभएको अभिव्यक्ति प्रतिक्रिया दिन लायक नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरुको संलग्नता हुनसक्छ । त्यहाँ कयौँ कुरा हुनसक्छ । त्यो एउटा छानबिनको विषय हो । तर अहिले जुन खरिदबिक्री भएको छ, भएको हो की होइन ? होइन भने किन बबाल गरेको ? हो रहेछ भने सरकारले त्यसबापत प्राप्त गर्नुपर्ने कर रकम पायो की पाएन ? पाएको छैन भने त्यो गैरकानूनी हो की होइन । गैरकानूनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने की छल्ने मानिसलाई गएर समात्ने हो ? यो बेकारको नाटक हो । कर छलि गरिसकेपछि कारबाही हुनुपर्छ, केको लागि यो समिति ? वृहत छानबिन शुरुवातदेखि आजसम्मको छानबिन गरौँ । तर तत्काल कारबाही हुुनपर्छ, कर छली भएको हो भने । अर्थमन्त्रीलाई थाहा छैन भन्नुभयो, यो भन्दा लाजमर्दो कुरा अरु के हुन्छ । अर्थमन्त्रीको अभिव्यक्ति प्रतिक्रिया दिन लायक पनि छैन । सरकारले गर्न खोजेको अलमल, समिति, आयोग मैले बुझेको छैन ।’

रास्वपाको सचिवालय बैठकले प्रवास नेपाली सम्पर्क विभागको कार्यविधि पास गरेको छ । रास्वपाले नयाँ चयन भएका केन्द्रिय सदस्यहरुलाई आज शपथग्रहणसमेत गराएको छ ।