२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

म टुहुरो भएँ: १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…



अ+ अ-

गण्डकी । “म टुहुुरो भएँ, हिजो बा १४ वर्षमा बितेर टुहुरो भएँ, अब छोराछोरी विदेश गएर ”, यो भनाइ स्याङ्जाको वालिङ नगरपालिका वडा नं १४ पेखुका अगुवा बुद्धिनारायण अर्यालको हो ।

संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजना एवं युएनडिपी संसद सहयोग परियोजनाको सहयोगमा वालिङको पेखुमा गरिएको नागरिक सुनुवाइ कार्यक्रममा अर्यालले पछिल्लो समयमा १२ कक्षा पास भएपछि युवा स्वदेशमा बस्ने मनस्थितिमा नहुनु गम्भीर चुनौतीको विषय भएको बताउनुभयो ।

उहाँ जस्तै पेखुका सर्वसाधारण सहभागी उक्त सुनुवाइमा जनताका गुनासा सुन्न प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल र प्रदेशसभा सदस्य कल्पना तिवारी उपस्थित हुनुहुन्थ्यो । जनताले राज्यलाई यथेष्ट कर तिरे पनि त्यसअनुरुप सेवासुविधा नपाउने गरिएको उल्लेख गर्दै उहाँले सानोतिनो जागिर यहीँ खाउँभन्दा पनि वातावरण नभएपछि युवा पलायन रोक्न नसकिएको दु:खेसो गर्नुभयो । गाउँ गाउँमा बाटो पानीलगायत धेरै समस्या भए पनि त्यसको समाधान नहुँदा बस्ती दिनानुदिन उजाड बन्दै गएको उहाँको भनाइ छ । वर्षौंदेखि सुरु गरिएका बाटो अहिले पनि राम्रो बन्न नसकेको प्रति उहाँले प्रश्न गर्नुभयो ।

वालिङ–१४ देउरालीकी उषाकुमारी सार्की नागरिक सुनुवाइमा आफ्ना कुरा राख्ने भनेर आधा मेलो छाडेर आउनुभएको थियो । गाउँमा आफूले जिताएर पठाएका नेता आउने र त्यहाँ आफ्ना पीरमर्का, गुनासा सुनाउन र्पाने भन्ने थाहा पाएपछि उषाजस्तै गाउँघरबाट अन्य बासिन्दा पनि मेलापात र घरको काम छाडेर सुनुवाइमा उपस्थित थिए ।

आफूहरू बाटो र पानीका कारण लामो समयदेखि समस्यामा परिरहेको बताउँदै उहाँले राजनीतिक दलका नेताहरूबाट पटकपटक आश्वासन पाउने गरे पनि समस्या ज्यूकात्यूँ रहेको सुनाउनुभयो । समस्या सुनाउन पाउने सभा तथा बैठकमा घरका काम नै छाडेर आई आफूले सुनाउने गरेको उहाँले बताउनुुभयो । “अब कुरा होइन बाटो र पानी दिनूस्”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार १४ घर दलित समुदाय बस्दै आएको देउरालीमा अझै मोटर बाटो पुगेको छैन । साथै वर्षौंदेखि खानेपानीको अभावमा दैनिकी कष्टकर बनेको छ । “हामी काम गरेर खाने सोझा र सिधा गाउँले हौँ, आज पनि काम गर्दा गर्दै मेलो छाडेर आएका छौँ, आजको दिनको रु चार सय गुम्यो”, उहाँले भन्नुुभयो, “हजुरहरुले हाम्रा समस्या बुझेर समाधान गर्न सक्नुहुन्छ भने गर्दिनुस्, नत्र भने हामीलाई झुक्याउन नआउनूस् ।”

उषा कुमारीले गाउँमा खानेपानी छैन, कहाँ डुबिल्को ९पानीको कुवा० छ भनेर खोज्दै हिँड्नुपर्छ भन्दै गर्दा उपस्थित सर्वसाधारणले होस्टेमा हैँसे मिलाए । यो समस्या उषाको मात्रै नभई गाउँले सबैको थियो । उहाँले आफ्नो दु:ख पीडा सुनाउँदा त्यो सबैको सामूहिक विषय बन्यो ।

उषा कुमारी जस्तै अर्की स्थानीय गोमा श्रेष्ठले पनि वालिङदेखि शिरकोटसम्मको बाटोको निर्माण कार्यलाई चाँडो सकेर गाउँमा भएको पानीको विकराल समस्या यथासक्य चाँडो समाधान गर्न प्रदेशसभा सदस्यहरूको ध्यानाकर्षण गराउनुुभयो । जनताले अब कुरामा नभई काममा मात्रै विश्वास गर्ने अवस्थामा पुगेको बताउने अर्की स्थानीय जौमाया पौडेलले भन्नुभयो, “सधैँ बन्छ र हुन्छ मात्रै सुनियो, तर काम भएन, अब गर्न सक्नुहुन्छ गरिदिनोस् नभए आशा नदेखाउनुहोस् ।”

अर्का स्थानीय मेघनाथ पौडेलले गाउँलाई मानिसले माया मान्न छाडेको जिकिर गर्नुभयो । विकास गर्दा गाउँलेलाई माया मान्ने र गाउँलेले पनि गाउँलाई माया मान्ने वातावरण नबन्दासम्म नेपालको विकास हुने अवस्था नदेखेको उहाँले बताउनुभयो । आफूले लामो समय यही क्षेत्रमा कृषि पेसा गरेर बिताएको उहाँले अनुभव सुनाउनुुभयो ।

गाउँमा युवा रहने गरी युवा लक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “मैले ३०/४० वर्षको युवालाई विदेश नजा यहीँ बस भनेर धेरै बोलेँ, कतिलाई रोकेर राखियो, तर आज ३५ वर्षको युवालाई गाउँमा देखेँ एक मिनेट पनि गाउँमा नबस् भन्न थालेको छु, भनेर केही अर्थै भएन ।” गाउँका विद्यालय, स्वास्थ्य चौकीलगायत अत्यावश्यकीय पूर्वाधारलाई गुणस्तरीय एवं सुविधासम्पन्न बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । वर्षौंदेखि खनिएको गोरेटो अहिले पनि जस्ताको त्यस्तै रहँदा जनतामा निराशा छाएको उहाँले बताउनुभयो ।

नागरिक सुनुवाइमा स्थानीय सुरज श्रेष्ठ, विष्णु खवास, खगेन्द्र कुँवर, इन्द्रप्रसाद श्रेष्ठ, राजेन्द्र खाण, कृष्ण डुम्रेलगायतले वर्षांैदेखि बन्न नसकेको बाटोकै कारण गत स्थानीय निर्वाचनमा भएको अकल्पनीय दुर्घटना र त्यसबाट सिर्जित समस्याका विषयमा ध्यानकर्षण गराउनुभएको थियो ।

वालिङ–१४ का वडाध्यक्ष बोधराज कुँवरले वडास्तरबाट हुने र गर्न सकिने कामका लागि आउने जोकोहीलाई खाली नफर्काएको बताउनुुभयो । खानेपानी तथा सडकका सम्बन्धमा सकिने काम वडाबाटै र नसकिने कामका लागि प्रदेश तथा सङ्घ सरकारसँग पुगिएको उहाँको भनाइ छ ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति अर्यालले २०५४ सालमा आफू स्वयं स्थानीय तहको नेतृत्वमा हुँदा खनिएको बाटो हालसम्म पनि राम्रो बन्न नसक्नुले प्रश्न खडा गरेको बताउँदै प्रदेशसभाको यस कार्याकालयमा बाटो सम्पन्न गर्नेगरी सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य कल्पना तिवारीले नागरिक सुनावाइका क्रममा सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत विषयमा उठेका समस्याको समाधान गर्नेतर्फ लाग्ने विश्वास व्यक्त गर्नुभयो ।  रासस




भर्खरै