• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

इण्डोनेसियाको ज्वालामुखी बिस्फोटमा मृत्यु हुनेको संख्या २३ पुग्यो



एजेन्सी । इण्डोनेसियाको सुमात्रामा ज्वालामुखी बिस्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

इण्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी बिस्फोटमा परी मृत्यु हुने आरोहीहरुको संख्या २३ पुगेको पश्चिम सुमात्रा प्राकृतिक स्रोत संरक्षण एजेन्सीले जनाएको हो । २० जनाको शव अस्पताल लगिएको छ ।

अन्य तीनजनालाई बाहिर निकाल्ने प्रक्रिया थालिएको बताइएको छ । कुल ७५ आरोहीमध्ये ५२ जना बाच्न सफल भएका छन् । कतिपय घर फर्किसकेका छन् भने गम्भीर घाइते १२ जनासहित अन्यको अस्पतालमा उपचार भइरहेको छ ।

दुई हजार ८९१ मिटर अग्लो हिमाल वरपरका चार जिल्लामा ज्वालामुखी बिष्फोट भएको थियो ।