८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

एनसेल खरिद बिक्री: सरकारले गम्भीर छानबिन गर्ने, दाहाल र देउवाको परिवारको संग्लनता छैन: सञ्चारमन्त्री शर्मा

एनसेल खरिद बिक्री: सरकारले गम्भीर छानबिन गर्ने, दाहाल र देउवाको परिवारको संग्लनता छैन: सञ्चारमन्त्री शर्मा
अ अ+ अ-

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले एनसेल प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको परिवारको कुनै पनि संलग्नता नरहेको दाबी गर्नुभएको छ ।

एनसेल प्रकरणमा सरकारले जारी गरेको बिज्ञप्ति सार्वजनिक गर्ने कार्यक्रममा मन्त्रीशर्माले उहाँहरुको संलग्नताका विषयमा मिडियामा आएका समाचारहरुमा सत्यता छैन ।

उहाँले भन्नुभयो ‘बाहिर मिडियामा आउने कुरा र आज पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुनुहुन्थ्यो । गठबन्धनका अन्य नेताहरु पनि हुनुहुन्थ्यो । प्रधानमन्त्रीले दुबईबाट आउनेबित्तिकै छानबिनका लागि निर्देशन दिइसक्नुभएको छ ।‘यस प्रकरणमा सरकारले लिएको डिसिजन राम्रो भएको भन्दै गठबन्धनका नेताहरुले पनि समर्थन गर्नुभएको छ । यदि त्यस्तो केही संलग्नता थियो यस्तो निर्णय गरिने थिएन होला ।’

उहाँले भन्नुभयो, ‘दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रकाशित खबरकाप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिइ र नियामकलाई जानकारी समेत नगराई अस्वभाविक प्रावधान र मूल्यमा भएको देखिने यो कारोबारका सम्बन्धमा अध्ययन गर्न सम्माननीय प्रानमन्त्रीले मिति २०८० मंसिर १८ गते सम्बन्धित निकायलाई निर्देशन दिइसक्नुभएको छ । नेपाल सरकारले एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा प्रचलित कानूनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा न्युनिकरण तथा नेपाल सरकारको राजश्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने । यस अध्ययन छानबिनबाट कुनै अनियमितता भएको पाइए नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानून बमोजिम कडा कारबाहीको दायामा ल्याउनेछ । नेपाल र नेपालीको हीत र सम्बन्धित कानूनको पालना गर्न र गराउन नेपाल सरकार प्रतिवद्ध रहेको छ । क्याबिनेट बैठकबाट आवश्यक अध्ययन तथा छानबिन समिति बन्नेछ । त्यसले सिफारिस गरे बमोजिम नेपाल सरकारले काम गर्नेछ ।’

आजै बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरु र केही मन्त्रीहरु सहभागी भएको बैठकले एनसेल खरिदबिक्रीका विषयमा सरकारले गम्भीर अध्ययन र छानबिन गर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेता लगायत अर्थमन्त्री, सञ्चारमन्त्री र कानुनमन्त्री लगायतसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको थियो । उक्त बैठकमा सत्तारुढ गठबन्धनका नेताहरूले एनसेलको किनबेच नेपालको कानुनअनुकुल नरहेको, शंकास्पद कारोबार भएकोसहितका कुरा उठाएका थिए।

मलेसियाको कम्पनी आजियटाले एनसेलको सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइटलाई बिक्री गरेको छ । नेपाल सरकारको निकायलाई खबर नगरी खरिद बिक्री गरेको भन्दै उक्त कारोबारमाथि प्रश्न उठेका छ ।