• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

एनसेल खरिद बिक्री: सरकारले गम्भीर छानबिन गर्ने, दाहाल र देउवाको परिवारको संग्लनता छैन: सञ्चारमन्त्री शर्मा



काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले एनसेल प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको परिवारको कुनै पनि संलग्नता नरहेको दाबी गर्नुभएको छ ।

एनसेल प्रकरणमा सरकारले जारी गरेको बिज्ञप्ति सार्वजनिक गर्ने कार्यक्रममा मन्त्रीशर्माले उहाँहरुको संलग्नताका विषयमा मिडियामा आएका समाचारहरुमा सत्यता छैन ।

उहाँले भन्नुभयो ‘बाहिर मिडियामा आउने कुरा र आज पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुनुहुन्थ्यो । गठबन्धनका अन्य नेताहरु पनि हुनुहुन्थ्यो । प्रधानमन्त्रीले दुबईबाट आउनेबित्तिकै छानबिनका लागि निर्देशन दिइसक्नुभएको छ ।‘यस प्रकरणमा सरकारले लिएको डिसिजन राम्रो भएको भन्दै गठबन्धनका नेताहरुले पनि समर्थन गर्नुभएको छ । यदि त्यस्तो केही संलग्नता थियो यस्तो निर्णय गरिने थिएन होला ।’

उहाँले भन्नुभयो, ‘दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रकाशित खबरकाप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिइ र नियामकलाई जानकारी समेत नगराई अस्वभाविक प्रावधान र मूल्यमा भएको देखिने यो कारोबारका सम्बन्धमा अध्ययन गर्न सम्माननीय प्रानमन्त्रीले मिति २०८० मंसिर १८ गते सम्बन्धित निकायलाई निर्देशन दिइसक्नुभएको छ । नेपाल सरकारले एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा प्रचलित कानूनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा न्युनिकरण तथा नेपाल सरकारको राजश्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने । यस अध्ययन छानबिनबाट कुनै अनियमितता भएको पाइए नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानून बमोजिम कडा कारबाहीको दायामा ल्याउनेछ । नेपाल र नेपालीको हीत र सम्बन्धित कानूनको पालना गर्न र गराउन नेपाल सरकार प्रतिवद्ध रहेको छ । क्याबिनेट बैठकबाट आवश्यक अध्ययन तथा छानबिन समिति बन्नेछ । त्यसले सिफारिस गरे बमोजिम नेपाल सरकारले काम गर्नेछ ।’

आजै बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरु र केही मन्त्रीहरु सहभागी भएको बैठकले एनसेल खरिदबिक्रीका विषयमा सरकारले गम्भीर अध्ययन र छानबिन गर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेता लगायत अर्थमन्त्री, सञ्चारमन्त्री र कानुनमन्त्री लगायतसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको थियो । उक्त बैठकमा सत्तारुढ गठबन्धनका नेताहरूले एनसेलको किनबेच नेपालको कानुनअनुकुल नरहेको, शंकास्पद कारोबार भएकोसहितका कुरा उठाएका थिए।

मलेसियाको कम्पनी आजियटाले एनसेलको सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइटलाई बिक्री गरेको छ । नेपाल सरकारको निकायलाई खबर नगरी खरिद बिक्री गरेको भन्दै उक्त कारोबारमाथि प्रश्न उठेका छ ।