• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

शाहरुख खान अभिनित फिल्म ‘डंकी’को ट्रेलर रिलिज (भिडियोसहित)



एजेन्सी । शाहरुख खान यस वर्षको आफ्नो अन्तिम र उत्सुकतापूर्वक प्रतिक्षा गरिएको फिल्म ‘डंकी’ लिएर आउँदैछन् । उनका पछिल्ला दुई फिल्म (पठान र जवान)ले ब्लकबस्टरको बेन्चमार्क कायम गरेका थिए, त्यसपछि फ्यानहरू अहिले ‘डंकी’ को पर्खाइमा छन् ।

यसैबीच फिल्मको ट्रेलर सार्वजनिक भएको छ । ‘डंकी’ राजकुमार हिरानीले निर्देशन गरेको चलचित्र हो, जसमा हार्डी र उनका साथीहरूको सानो संसारको रोलर कोस्टर राइड यात्रा देखाइनेछ । राजकुमार हिरानी कमेडी र सामाजिक सन्देशसहितको सरल कथा देखाउनका लागि परिचित छन् र ‘डंकी’ मा पनि त्यही परम्परालाई अपनाइएको छ ।

कम्तिमा ट्रेलर हेरेपछि यस्तै लाग्छ । ट्रेलर सुरु हुन्छ शाहरुख खान ट्रेनबाट ओर्लिएपछि, जसले आफू र आफ्ना साथीहरूलाई लन्डन पठाउन थाल्छ ।

ट्रेलर ‘हार्डी’ (शाहरुख खान) बाट सुरु हुन्छ । उनी पञ्जाबको एउटा सुन्दर गाउँमा पुग्छन्, जहाँ उनका साथी मनु, सुखी, बग्गु र बल्ली छन् । तिनीहरू सबैको सपना छ, सबैजना लन्डन गएर आफ्नो परिवारलाई राम्रो जीवन दिनुपर्छ । आफ्नो सपना पूरा गर्न, सबैले अंग्रेजी सिक्न संघर्ष गर्न थाल्छन् । शिक्षक बनेका बोमन इरानी उनीहरूलाई यसका लागि तालिम दिन्छन् ।

यो क्रिसमसमा रिलिज हुने ‘डंकी’ शाहरुख खानको प्रोडक्सन कम्पनी ‘रेड चिलीज इन्टरटेनमेन्ट’को ब्यानरमा गौरी खानले निर्माण गरेकी हुन् । चलचित्र डिसेम्बर २२ मा हलमा रिलिज हुनेछ । फिल्मले प्रभासको ‘सालार’सँग बक्स अफिसमा भिडन्त गर्नेछ ।