१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर

मध्यपहाडिको बाटो नहुँदा भेरी कोरिडोर लाग्यो एमाले अभियान

मध्यपहाडिको बाटो नहुँदा भेरी कोरिडोर लाग्यो एमाले अभियान
अ अ+ अ-

जाजरकोट । मध्यपहाडी लोकमार्गको ५ सय मिटरमा बाटो नभएपछि एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ भेरी कोरिडोरतर्फ लागेको छ ।

२०७९/८०मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको मध्यपहाडि ९पुष्पलाल० लोकमार्ग अन्तरगत छेडागाड नगरपालिका १२ को मन्ता भिरमा ५ सय मिटर ट्रयाक खोल्ने काम नसकिएपछि लोकमार्गको काम अवरुद्ध भएको छ ।

मध्यपहाडको अवस्था र विकासका संभावनाका बारेमा त्यस क्षेत्रका राजनीतिक दल, नागरिक अगुवा, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति र सर्वसाधारणसँग छलफलका लागि शुरु गरिएको एमालेको संकल्प यात्रा बीचमा बाटो नभएपछि दैलेख सोमबार बिहान दैलेख सदरमुकाम दैलेख बजारदेखि लोकमार्ग छोडेको हो ।

हामीलाई मध्यपहआडि लोकमार्गबाटै जाने बाटो नजोडिएको हुनाले  बाध्य भएर बिचमा ट्रयाक परिवर्तन र्गाु परेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो ।

‘२०६४ सालदेखि शुरु भएको मध्यपहाडि (पुष्पलाल) लोकमार्ग अन्तरगत जाजरकोट मन्ता भिरमा ट्रयाक जोडिएको छैन । जाजरकोट कुदु र रुकुमपश्चिमको चौरजहारी जोड्ने पुल नहुँदा हामीले अर्को मार्ग प्रयोग गर्नुपर्ने अवस्था आयो’, उपमहासचिव रिमालले भन्नुभयो, वर्तमान गठबन्धनको सरकारले ५ सय मिटरको ट्रयाक पनि खोल्न नसक्दा र एक पुल निर्माण गर्न नसक्दा लोकमार्ग अधुरो भएको छ ।’

उहाँका अनुसार मध्यपहाडिको बाटो नजोडिएपछि नजिकको मार्गका रुपमा एमालेले भेरी कोरिडोरलाई उपयोग गरेको हो । बैतडीको झलाघाटबाट शुरु भएर दैलेखसम्म मध्यपहाडि लोकमार्गमै हिडेको एमाले अध्यक्ष नेतृत्वको अभियान टोली आज भेरी कोरिडोर हुँदै रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा जोडिने छ ।

लोकमार्ग शुरु भएपछि लामो समय प्रदेश र संघको सरकारमा रुकुम पश्चिम र जाजरकोटका नेताहरु सहभागि भएपनि सकड जोड्ने कामलाई प्राथमिकतामा नराख्दा लोकमार्ग पुरा हुन नसकेको एमाले केन्द्रीय सदस्य निरज आचार्यले आरोप लगाउनु भयो ।

‘कुदुको पुल र मन्ता भिरको छोटो दुरीको काम नसकिँदा लोकमार्गबाट नागरिकले जुन रुपमा फाइदा लिनु पर्ने थियो त्यो लिन सकेका छैनन्’ आचार्यले थप्नुभयो, ‘निर्माणको जिम्मा लिएको शर्मा सिंह एण्ड ब्रदर्श जेभी ठेकेदार कम्पनीलाई तताउन वा सम्झौता रद्ध गर्नतर्फ सरकारका जिम्मेवार निकाय नलाग्दा ३ वर्षमा सकिने काम ५ वर्ष पुग्दा पनि पुरा हुन सकेन ।’

आर्थिक वर्ष २०६४/६५ बाट निर्माण सुरु भएको मध्यमहाडी लोकमार्ग आव २०७९/८० मा सक्ने लक्ष्य राखिएको थियो । दुई लेनको १८ सय ७९ किलोमिटरको सडक निर्माण गर्ने योजनाका साथ शुरु भएको मध्यपहाडि लोकमार्गको काम बिलम्ब भएपछि ओइटिङ गभरमेण्टका रुप्मा हेरिएको प्रतिपक्ष दल एमालेले मंसिर १४ गतेदेखि ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ शुरु गरेको छ ।

तीन वर्षमा काम सम्पवन्न गर्ने गरी निर्माणको जिम्मा लिएको शर्मा सिंह एण्ड ब्रदर्श जेभीले २०७७ सालमा कोरोनाको कारण देखाउँदै ढिला गरेको थियो । अहिले निर्माण सम्झौता अनुसार सामाग्री महंगो भएको बाहाना बनाएर अवरुद्ध भएको भिर फुटाउने काम रोकिएको हो ।