३ मंसिर २०८१, सोमबार
,
Latest
मलेखु–मुग्लिन सडकको काम चाडपर्वपछि तीव्र गतिमा बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा अन्तरिक्षमा अड्किएकी सुनिता विलियम्सको तौल लगातार घट्दै छ ? पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि स्व ढुंगानाले संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिनुभयोः प्रधानमन्त्री ओली उद्योग वाणिज्य महासङ्घमा लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना/ विकासशील मुलुकमा स्तरोन्नतिका… प्रधानन्यायाधीशको स्मरणमा पूर्वसभामुख ढुङ्गाना: ‘पदको मोहमा कहिलै लाग्नुभएन’ बेरुतमा भएको इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु फिल्म ‘इमर्जेन्सी’ को नयाँ रिलिज मिति घोषणा मोतिविन्दुको शल्यक्रियापछि ३२ जनाले पाए दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् ‘सीआईडी’का अफिसर फ्रेडरिक्स



अ+ अ-

एजेन्सी । ‘सीआईडी’का चर्चित अभिनेता दिनेश फडनीस अका अफिसर फ्रेडरिक्सको निधन भएको छ ।

सोनी टिभीको लोकप्रिय क्राइम शो ‘सीआईडी’ को चर्चित पात्र निभाएका दिनेशको सोमबार राति १२:०८ बजे कान्दिवलीको थुंगा अस्पतालमा निधन भएको हो ।

दिनेश फडणीसको मल्टिपल अर्गन फेलियरका कारण निधन भएको एविपी न्यूजले लेखेको छ । ५७ वर्षको उमेरमा निधन भएका दिनेश धेरै समय देखि कलेजो, मुटु र मृगौलाको समस्याबाट पीडित रहेका थिए।

दिनेश  नोभेम्बर ३० मा कान्दिवलीको थुंगा अस्पतालमा भर्ना भएका थिए । उनको अन्तिम संस्कार बोरिवलीको दौलत नगर श्मशान स्थलमा गरिने छ ।

बीस वर्षभन्दा बढी समयसम्म, दिनेश फ्रेडरिक्स उर्फ ​​फ्रेडीको रूपमा ‘सीआईडी’को हिस्सा थिए। ‘सीआईडी’मा कामको साथसाथै, दिनेशले हिट टिभी शो ‘तारक मेहता का उल्टा चश्मा’ मा पनि छोटो उपस्थिति देखाएका थिए । उनले ‘सरफरोश’ र ‘सुपर ३०’ लगायतका फिल्महरूमा पनि सपोर्टिङ पार्टमा खेलेका थिए।