१ पुष २०८२, मंगलवार
,
Latest
पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी काव्य साँझः ‘कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल बागमती प्रदेशसभा बैठक अनिश्चित मुस्ताङस्थित रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा ‘झारकोट’ ओझेलमा रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड महाधिवेशन प्रतिनिधिहरुलाई विष्णु पौडेलको यस्तो आह्वान आहा ! राराताल- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् ‘सीआईडी’का अफिसर फ्रेडरिक्स



अ+ अ-

एजेन्सी । ‘सीआईडी’का चर्चित अभिनेता दिनेश फडनीस अका अफिसर फ्रेडरिक्सको निधन भएको छ ।

सोनी टिभीको लोकप्रिय क्राइम शो ‘सीआईडी’ को चर्चित पात्र निभाएका दिनेशको सोमबार राति १२:०८ बजे कान्दिवलीको थुंगा अस्पतालमा निधन भएको हो ।

दिनेश फडणीसको मल्टिपल अर्गन फेलियरका कारण निधन भएको एविपी न्यूजले लेखेको छ । ५७ वर्षको उमेरमा निधन भएका दिनेश धेरै समय देखि कलेजो, मुटु र मृगौलाको समस्याबाट पीडित रहेका थिए।

दिनेश  नोभेम्बर ३० मा कान्दिवलीको थुंगा अस्पतालमा भर्ना भएका थिए । उनको अन्तिम संस्कार बोरिवलीको दौलत नगर श्मशान स्थलमा गरिने छ ।

बीस वर्षभन्दा बढी समयसम्म, दिनेश फ्रेडरिक्स उर्फ ​​फ्रेडीको रूपमा ‘सीआईडी’को हिस्सा थिए। ‘सीआईडी’मा कामको साथसाथै, दिनेशले हिट टिभी शो ‘तारक मेहता का उल्टा चश्मा’ मा पनि छोटो उपस्थिति देखाएका थिए । उनले ‘सरफरोश’ र ‘सुपर ३०’ लगायतका फिल्महरूमा पनि सपोर्टिङ पार्टमा खेलेका थिए।