• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

इण्डोनेसियामा ज्वालामुखी बिष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु



एजेन्सी । इण्डोनेसियामा ज्वालामुखी बिष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ ।

इण्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी बिष्फोटमा परी कम्तीमा ११ पर्वतारोहीको मृत्यु भएको छ भने केही अझै बेपत्ता भएको बताइएको छ । पहिलो चरणमा ४९ जना आरोही फेला परेका थिए ।

उनीहरुलाई अस्पताल लगिएको छ भने केही अस्पतालबाट घर फर्किसकेका छन् । दोस्रो चरणमा १४ जनालाई फेला पारेको बताइएको छ । तीनै जना विष्फोटको बीचमा पश्चिमी इण्डोनेसियाको पहाडको फेदमा जाँदै थिए । कुल ७५ आरोहीहरूको खोजी गर्न अधिकारीहरूले लगभग सय जनालाई खटाइएको छ ।

समुन्द्र सतहबाट २ हजार ८ सय ९१ मिटर उचाईमा रहेको मारापी हिमाल ज्वालामुखीको खरानी र चट्टान वरपरका क्षेत्रमा फैलिएको छ । अधिकारीहरूले मानिसहरूलाई मुख्य खाडलको ३ किलोमिटरको दायरा भित्र खतरा क्षेत्रमा जान निषेध गरेका छन् ।