७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी संचय कोषले कोहिनुर हाउजिङको घरजग्गा लिलामी गर्ने



अ+ अ-

काठमाडौं: कर्मचारी संचय कोषले सुधिर बस्नेतले अलपत्र छाडेको ललितपुरको इमाडोलस्थित कोहिनुरको घरजग्गा लिलामी गर्ने भएको छ ।

कोषले आज एक सूचना प्रकाशन गरी  कोहिनुर हिल हाउजिङका नाममा रहेको ललितपुर साविकको इमाडोल गाविस वडा नं ४ रहेको १०–९–२–० जग्गा तथा त्यहाँ निर्माणाधीन आवासीय भवन खरिदका लागि  सिलबन्दी आह्वान गरेको छ। कोहिनुर हिल हाउजिङ सञ्चय कोषका नाममा दृष्टिबन्धक छ।

कोषका अनुसार हाउजिङका लागि इन्भेष्टमेन्ट मेगा बैंकको पुल्चोकमा रहेको खातामा रू एक हजार जम्मा गरी सूचना जारी भएको १५ दिनभित्र बोलपत्र फाराम बुझाउन सकिनेछ।

लिलाम सकार्न इच्छुक व्यक्ति वा फर्मले २१ दिनभित्र कोषको कर्जा, लगानी तथा ट्रेजरी व्यवस्थापन विभाग, पुल्चोकमा आवेदन दिन सकिने कोषको सूचनामा जनाइएको छ ।

तर कोषले सूचनामा ऋणीले कोषलाई बुझाउनु पर्ने रकम लिलाम बिक्रीको सूचनामा उल्लेखित म्यादभित्र बुझाएमा लिलाम बिक्रीको प्रक्रिया अन्त्य गर्न सकिने र बोलपत्र बुझाउनेहरुको धरौटी फिर्ता गरिने पनि बताएको छ ।

हाउजिङ कम्पनी लिलाम बिक्रीका लागि कोषले यसअघि सूचना जारी गरे पनि बिक्री भने हुन सकेको थिएन।