२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर राजश्वमा उच्च योगदान गर्ने व्यक्ति एवं संस्थाहरुलाई नेपाल उद्योग परिसंघको सम्मान



अ+ अ-

काठमाडौं ।  नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८० को अवसरमा नेपाल सरकारबाट सम्मानित हुनुभएका उच्च करदाताहरुलाई सम्मान गरेको छ ।

सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सम्मानित मध्ये २ वटा सरकारी लगानी रहेका कम्पनीहरु छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । १४ मध्ये ११ नेपाल उद्योग परिसंघका सदस्यहरु हुनुहुन्छ ।

राष्ट्रिय कर दिवस २०८० को अवसरमा आर्थिक वर्ष २०७८/७९ मा निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी कर तिर्ने करदाता डाबर नेपाल प्रा.लि., विशेष उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने एशियन पेन्टस् प्रा.लि., कृषि एवं पशुपंछीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने ओ.सि.बी. फुड्स एण्ड फिड्स प्रा.लिलाई परिसंघले सम्मान गरेको हो ।

यस्तै, सहकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने छिमेक लघुवित्त वित्तीय संस्था लि. बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये ग्लोबल आइ.एम.ई. बैंक लिमिटेड, बीमा व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि., स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि., पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने मनकामना दर्शन प्रा.लिलाई परिसंघले सम्मान गरेको छ ।

यसैगरी, वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी कर तिर्ने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रा.लि., उर्जामुलक उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने भोटेकोशी पावर कम्पनी प्रा.लि., रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी कर तिर्ने आईएमई लिमिटेड, व्यक्तिगत आय तर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने र आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी मूल्य अभिबृद्धि कर दाखिला गर्ने सूर्य नेपाल प्रा.लि.लाई परिसंघले सम्मान गरेको छ ।

हिजाे परिसंघ सचिवालयमा आयोजित सम्मान कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गर्नुभयो । उहाँले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धी मात्रै नभएर राज्यप्रतिको महत्वपूर्ण योगदान भएको बताउनुभयो । यो योगदानको कदर गर्दै निजी क्षेत्रको प्रतिनिधिमुलक संस्थाको रुपमा उच्च करदातालाई परिसंघले सम्मान गरेको उहाँले बताउनुभयो ।

उहाँले सरकारबाट सम्मानित उच्च करदातामा निजी क्षेत्रमध्येबाट करिब ७० प्रतिशत परिसंघ सदस्यहरु रहेकोमा परिसंघले गर्व महसुस गरिरहेको बताउनुभयो । साथै उहाँले आगामी वर्षमा समेत यो सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ मा व्यक्तिगत आय तर्फ सबैभन्दा बढी कर तिर्नुभएका परिसंघ गभर्निङ काउन्सिलका सदस्य विजयकुमार शाहले सम्मानित सबैलाई बधाई दिनुभयो । कोभिड महामारी, चुनौतीपूर्ण अर्थतन्त्रका बाबजुद सरकारलाई उच्च कर बुझाउन सकेकोमा आफूले गौरव महसुस गरिरहेको बताउनुभयो । उच्च करदाताको रुपमा सम्मान गर्ने नेपाल सरकार एवं परिसंघलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिल सदस्य अनुज अग्रवाल, उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, हेम राज ढकाल, अमित मोर, पदाधिकारी सदस्य सन्दिप शारडा, परिसंघको विभिन्न समिति, काउन्सिल तथा फोरमका सभापतिहरु सहभागी हुनुहुन्थ्यो ।