९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

भ्रष्टाचारबिरुद्ध कलम चलाउने पत्रकारलाई ५० हजार राशिको पुरस्कार घोषणा

भ्रष्टाचारबिरुद्ध कलम चलाउने पत्रकारलाई ५० हजार राशिको पुरस्कार घोषणा
अ अ+ अ-

काठमाडौँ । भ्रष्टाचार बिरुद्ध कलम चलाउने एक जना पत्रकारलाई हरेक वर्ष ५० हजार ५ सय ५५ रुपैयाँ धनराशीको पुरस्कार प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ झापा शाखामा सो राशीको पुरस्कार स्थापना गर्न लागिएको हो । भ्रष्टाचारकै कारण देश विकसित हुन नसकेको अवस्थालाई मध्यनजर गरी अक्षयकोषसहित पुरस्कार स्थापनाबारे हेम–सरिता फाउण्डेशन टेक्सास, अमेरिका र नेपाल पत्रकार महासंघ झापा शाखाबीच आईतवार काठमाडौंस्थित पत्रकार महासंघमा सम्झौता भएको हो ।

पुरस्कार झापाका एक जना भ्रष्टाचारबिरुद्ध कलम चलाउने पत्रकारले पाउनुहुनेछ । सम्झौताअनुसार पाँच लाख रुपैयाँको अक्षयकोष राखिनेछ । सम्झौतामा फाउण्डेशनको तर्फबाट अध्यक्ष हेम पाठक र पत्रकार महासंघका तर्फबाट अध्यक्ष एकराज गिरीले हस्ताक्षर गर्नुभयो । सम्झौतापछि कुरा गर्दै अध्यक्ष गिरीले भ्रष्टाचारबिरुद्ध, सुशासन प्रवद्र्धन गर्नका निम्ति कलम चलाउने झापाका एक जना सञ्चारकर्मीलाई पुरस्कृति गर्नका निम्ति पुरस्का स्थापना गरिएको बताउनु भयो । उहाँले ५० हजार ५ सय ५५ राशिको पुरस्कार हरेक वर्ष वितरण गरिने बताउनु भयो । उहाँले पत्रकार महासंघ झापामार्फत वितरण गरिने पुरस्कारको अक्षयकोषका लागि हेम सरिता फाउण्डेशनले एकमुष्ट रुपमा ५ लाख रुपैयाँ प्रदान गर्ने र ५ लाख रुपैयाँको ब्याजबाट पुरस्कार वितरण गर्ने बताउनु भयो ।

कार्यक्रममा हेम–सरिता फाउण्डेशन टेक्सास, अमेरिकाका अध्यक्ष हेम पाठकले आजको सम्झौता नयाँ काम र नयाँ शुरुवात नभइ २०१० मा स्थापना गरिएको पुरस्कार पुन: शुरु गरिएको बताउनु भयो । उहाँले २०१० मा स्थापना गरेको पुरस्कारको निरन्तरतालाई झापाबाटै निर्णय गर्नेगरी पुरस्कार प्रदान गरिने बताउनु भयो ।

उहाँले यस वर्षदेखि पुरस्कार वितरण गर्नुभन्दा पहिला विज्ञापन, निवेदन आह्वान गरी पुष्टि हुनेगरी डकुमेण्ट पेस गरेपछि मात्रै पुरस्कृत हुने व्यक्ति चयन गर्नुपर्ने सम्झौता राखेको बताउनु भयो ।