• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा जुट्यो सामुदायिक प्रहरी



काठमाण्डौ । गृह मन्त्रालयले मातहतका सुरक्षा निकायलाई निर्देशन दिएपछि काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी अन्तर्गतका जिल्ला प्रहरी परिसर, प्रहरी वृत्त हुँदै सामुदायिक प्रहरी सेवाको टोली लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा जुटेको छ । सो दिवस मंसीर ९ देखि शुरु भएको हो ।

‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नारा सहित विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाउने सन्दर्भमा आइतबार विहान प्रहरी वृत्त नयाँ बानेश्वरले काठमाण्डौ महानगरपालिका वडा नं १० वडा कार्यालय, सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी सेवा केन्द्र नयाँबानेश्वर १० को सहकार्यमा सन्देशमुलक सामाग्रीसहित वृहत् जनचेतनामूलक प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

सो वडाभित्र रहेका टोलसुधार समिति, व्यवसायीक र सामाजिक संघसंस्था, विद्यालय, कलेजलगायतको सहकार्यमा समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरु सहभागी भएको वृहत् जनचेतनामूलक प्रभातफेरी मध्य बानेश्वरस्थित रत्नराज्य मावि प्राङ्गणबाट शुरु भई देबकोटा सडक, ह्वाइटहाउस, आइप्लेक्स मल, थापागाउँ हुँदै १० नं वडा कार्यालयको प्राङ्गणमा समापन भएको थियो ।

बागमती प्रदेश सभाका सभासद दिपेन्द्र श्रेष्ठ प्रमुख अतिथि ,प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकी बिशेष अतिथि तथा महानगरको १० नं वडाका वडाध्यक्ष राम कुमार केसीको सभापतित्वमा आयोजित प्रभातफेरी समापन कार्यक्रममा वडा सदस्य नरोज अर्याल, नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नवीन लुइँटेल, रत्नराज्य माविका निमित्त प्रअ रामाशिष यादव लगायतले लैङ्गिक हिंसा विरुद्ध सबै सचेत हुनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले जुनसुकै ठाउँमा घरेलु, महिला या अन्य जुनसुकै हिंसा भएको देखेमा तत्काल नेपाल प्रहरीको हटलाइन नं १०० मा फोन गरेर सूचना दिन सबैसंग आग्रह गरे ।

वृहत् जनचेतनामूलक कार्यक्रममा सामुदायिक सेवा समिति बानेश्वर १० का पदाधिकारी, वडा भित्र रहेका नयाँ मार्ग, बुद्धनगर,लगायत टोल सुधार सुधार समितिका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय र प्रहरीको उल्लेख्य सहभागिता रहेको सो र्यालीको व्यवस्थापन सामुदायिक प्रहरी सेवा केन्द्र नयाँबानेश्वर १० ले गरेको प्रहरी हवल्दार ताराराम दयालले बताए ।

प्रभातफेरीमा काठमाण्डौ कोलम्बस स्कुल, रत्नराज्य मावि, एभरेष्ट फ्लोरिडा मावि, स्वप्न वाटिका स्कुल, क्यानभास बोर्डिङ्ग स्कुल र एम्बिसन एकेडेमी र १० नं वडाका स्वास्थ्य स्वयम्सेविका पनि सहभागी थिए ।