१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा जुट्यो सामुदायिक प्रहरी

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा जुट्यो सामुदायिक प्रहरी
अ अ+ अ-

काठमाण्डौ । गृह मन्त्रालयले मातहतका सुरक्षा निकायलाई निर्देशन दिएपछि काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी अन्तर्गतका जिल्ला प्रहरी परिसर, प्रहरी वृत्त हुँदै सामुदायिक प्रहरी सेवाको टोली लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा जुटेको छ । सो दिवस मंसीर ९ देखि शुरु भएको हो ।

‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नारा सहित विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाउने सन्दर्भमा आइतबार विहान प्रहरी वृत्त नयाँ बानेश्वरले काठमाण्डौ महानगरपालिका वडा नं १० वडा कार्यालय, सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी सेवा केन्द्र नयाँबानेश्वर १० को सहकार्यमा सन्देशमुलक सामाग्रीसहित वृहत् जनचेतनामूलक प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

सो वडाभित्र रहेका टोलसुधार समिति, व्यवसायीक र सामाजिक संघसंस्था, विद्यालय, कलेजलगायतको सहकार्यमा समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरु सहभागी भएको वृहत् जनचेतनामूलक प्रभातफेरी मध्य बानेश्वरस्थित रत्नराज्य मावि प्राङ्गणबाट शुरु भई देबकोटा सडक, ह्वाइटहाउस, आइप्लेक्स मल, थापागाउँ हुँदै १० नं वडा कार्यालयको प्राङ्गणमा समापन भएको थियो ।

बागमती प्रदेश सभाका सभासद दिपेन्द्र श्रेष्ठ प्रमुख अतिथि ,प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकी बिशेष अतिथि तथा महानगरको १० नं वडाका वडाध्यक्ष राम कुमार केसीको सभापतित्वमा आयोजित प्रभातफेरी समापन कार्यक्रममा वडा सदस्य नरोज अर्याल, नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नवीन लुइँटेल, रत्नराज्य माविका निमित्त प्रअ रामाशिष यादव लगायतले लैङ्गिक हिंसा विरुद्ध सबै सचेत हुनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले जुनसुकै ठाउँमा घरेलु, महिला या अन्य जुनसुकै हिंसा भएको देखेमा तत्काल नेपाल प्रहरीको हटलाइन नं १०० मा फोन गरेर सूचना दिन सबैसंग आग्रह गरे ।

वृहत् जनचेतनामूलक कार्यक्रममा सामुदायिक सेवा समिति बानेश्वर १० का पदाधिकारी, वडा भित्र रहेका नयाँ मार्ग, बुद्धनगर,लगायत टोल सुधार सुधार समितिका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय र प्रहरीको उल्लेख्य सहभागिता रहेको सो र्यालीको व्यवस्थापन सामुदायिक प्रहरी सेवा केन्द्र नयाँबानेश्वर १० ले गरेको प्रहरी हवल्दार ताराराम दयालले बताए ।

प्रभातफेरीमा काठमाण्डौ कोलम्बस स्कुल, रत्नराज्य मावि, एभरेष्ट फ्लोरिडा मावि, स्वप्न वाटिका स्कुल, क्यानभास बोर्डिङ्ग स्कुल र एम्बिसन एकेडेमी र १० नं वडाका स्वास्थ्य स्वयम्सेविका पनि सहभागी थिए ।