१ पुष २०८२, मंगलवार
,
Latest
पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी काव्य साँझः ‘कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल बागमती प्रदेशसभा बैठक अनिश्चित मुस्ताङस्थित रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा ‘झारकोट’ ओझेलमा रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड महाधिवेशन प्रतिनिधिहरुलाई विष्णु पौडेलको यस्तो आह्वान आहा ! राराताल- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँचल र प्रशान्त अभिनित चलचित्र हिटम्यानको पोस्टर र टिजर सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपाली फिल्मलाई विश्ववयापी रिलिज गर्ने उद्देश्यसहित बनाइएको इण्डो नेपाली फिल्म हिटम्यानको पोस्टर र टिजर सार्वजनिक गरिएको छ ।

नेपालका लोकप्रिय कलाकार एवं दक्षिण भारतीय– तेलगु फिल्मका प्राविधिकहरुको सहकार्यमा निर्मित यस फिल्ममा आँचल शर्मा, बिष्णु अधिकारी, प्रशान्त ताम्राकार मुख्य भुमिकामा छन् । फिल्मलाई नेपालसहित भारत र प्रसिद्ध ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा समेत प्रदर्शन गर्ने बताइएको छ ।

पोस्टर रिलिज कार्यक्रममा अमेजन प्राइम भिडियोको तर्फबाट भेन्डरपार्टनर बनेर आएका प्रतिनिधि राजिभ थसभतापलीको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अभिनेत्री शर्माले ट्रेलरमा आफूहरुको प्रश्तुति समेटेर आउनेमा आशावादी रहेको बताउनु भयो । त्यस्तै अभिनेता प्रशान्त ताम्राकारले एउटा इण्डस्ट्रीमा काम गर्दैगर्दा अर्को इण्डस्ट्रीमा काम गर्ने अवसर पाउनु ठूलो कुरा रहेको बताउनु भयो ।

फिल्म विभिन्न ५ देशमा छायांकन गरिएको थियो । दीपक अधिकारी निर्माता रहेको फिल्ममा साउथका चर्चित सङ्गीतकार मन्त्र आनन्द, सम्पादक बि नागेश्वर रेडीले सहकार्य गरेका छन् । फिल्म आउदो फेब्रुअरी महिनामा एक साथ विश्ववयापी रिलिज गरिने बताइएको छ ।