८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

उत्तर कोरियाको जासुसी उपग्रह सञ्चालकले सेनालाई निष्कर्ष रिपोर्ट गर्ने

उत्तर कोरियाको जासुसी उपग्रह सञ्चालकले सेनालाई निष्कर्ष रिपोर्ट गर्ने
अ अ+ अ-

सोल । उत्तर कोरियाको हालै प्रक्षेपण गरिएको जासुसी उपग्रहको सञ्चालन गर्ने कार्यालयले सैन्य जासुसी संस्थाका रूपमा काम गर्ने सरकारी मिडियाले आइतबार बताएको छ ।

प्योङयाङले गत महिना एउटा सैन्य जासुसी उपग्रह अन्तरिक्ष कक्षमा सफलतापूर्वक स्थापना गरेको थियो । त्यसयता उक्त उपग्रहले अमेरिकी र दक्षिण कोरियाली प्रमुख सैन्य स्थलहरूको तस्बिर उपलब्ध गराइरहेको उसले दाबी गरेको छ ।

उत्तर कोरियाले आफ्नो स्वामित्वमा रहेको दाबी गरेको उपग्रहबाट प्राप्त कुनै पनि तस्बिर अहिलेसम्म सार्वजनिक गरेको छैन । यद्यपि उसले शनिबार उसको अन्तरिक्ष सम्पत्तिमा हुने कुनै पनि हमलालाई ‘युद्धको घोषणा’ मानिने चेतावनी दिएको छ ।

आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले नयाँ स्थापना गरिएको उपग्रहको सञ्चालन कार्यालयले डिसेम्बर २ (शनिबार) मा आफ्नो मिसन सुरु गरेको र यसले ‘स्वतन्त्र सैन्य जासुुसी संस्था’ का रूपमा काम गर्ने बताएको छ । कार्यालयले प्राप्त जानकारी सेना र अन्य प्रमुख एकाइरूमा अनुगमन ब्यूरोलाई रिपोर्ट गर्ने पनि केसिएनएले उल्लेख गरेको छ । उत्तर कोरियाको रक्षा मन्त्रालयले आफ्नो युद्ध प्रतिरोधलाई व्यक्त गर्दै ‘अधिक उत्तम सैन्य मुद्रा ग्रहण’ गर्ने बताएको समाचारमा उल्लेख छ ।

उत्तर कोरियालाई संयुक्त राष्ट्रसङ्घका प्रस्तावहरूको लगातारको चरणमा ब्यालिस्टिक प्रविधि प्रयोग गरेर परीक्षण गर्न रोक लगाइएको छ । विश्लेषकहरूले अन्तरिक्ष प्रक्षेपण क्षमता र ब्यालिस्टिक क्षेप्यास्त्रको विकासबीच महत्त्वपूर्ण प्राविधिक ओभरल्याप रहेको बताएका छन् ।

विशेषज्ञहरूका अनुसार जासुसी उपग्रहलाई अन्तरिक्ष कक्षमा सफलतापूर्वक स्थापना गरेपछि विशेषगरी दक्षिण कोरिया तथा कुनै पनि सैन्य सङ्घर्षमा महत्त्वपूर्ण तथ्याङ्क प्राप्त गर्ने दिशामा उत्तर कोरियाको जासुसी जानकारी एकत्रित गर्ने क्षमतामा सुधार हुनेछ । उत्तर कोरियाको मल्लिगयोङ–१ को प्रक्षेपणको दुई वटा असफलतापछि यस्तै प्रकारको उपग्रहलाई अन्तरिक्ष कक्षमा स्थापना गर्ने तेस्रो प्रयास सफल भएको हो ।

युक्रेनसँग रुसको युद्धमा प्रयोगका लागि हतियारको आपूर्तिको बदलामा उत्तर कोरियालाई मस्कोबाट प्राविधिक सहयोग प्राप्त भएको सोलले बताएको छ । रासस