२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मान्छेलाई मारेर चुनाव जित्नेकुरा घिनलाग्दो: ओली



अ+ अ-

अछाम: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मान्छेलाई मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताउनुभएको छ ।

महाकाली—मेची यात्राका क्रममा आईतवार अछामको विनायकमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताउनु भयो । उहाँले आफू सरकारमा रहँदा यस्ता कुरालाई हतोत्साही गरेको बताउनु भयो ।

उहाँले अहिलेको सरकारले हत्याराहरुलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०७९ साल जेठ १७ गते विनोद साह जस्ता होनहार युवाको जसरी हत्या भयो, त्यसको म बिरोध गर्न चाहन्छु । अत्यन्तै घिनलाग्दो कुरा हो, मानिसको हत्या गर्नु, मानिसमाथि आक्रमण गर्नु, हत्याको संस्कृति आफूजस्तै मान्छेलाई मारेर एउटा मान्छे मारेर चुनाव जित्ने भनेको घिनलाग्दो कुरा हो । यो कुरा हामी माथि पनि र संसदमा पनि भनिरहेका छाँै । सरकारमा हुँदा पनि यस्ता कुरालाई हतोत्साही गरेका छौँ । हामी सरकारमा हुँदा यस्ता कुरा हुन पाउँदैनन् । जब हामी सरकारबाट हट्छौँ तब विभिन्न हत्या, हिंसाका सिलसिला शुरु हुन्छ, जाली मुद्दा लगाउने, हत्यारा उम्काउने सिलसिला शुरु हुन्छ । अहिलेको सरकारले हत्याराहरुलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने, अहिले धमाधम अदालतले त्यस्ता मुद्दा फिर्ता लिन पाउँदैनौ, सजाय हुनुपर्छ भनेर फेरि जेलमा हालेको छ । म विनोद साहीलाई शहिदको रुपमा घोषणा गर्दछु ।’

अध्यक्ष ओलीले चुनावकै विषयमा २०७९ साल जेठ १७ गते अछामका विनोद साहीलाई बेपत्ता बनाइ हत्या गरिएकोमा खेद प्रकट गर्दै शहीद घोषणा गर्नुभयो ।