२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगलागी



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा अचानक धुवाँ निस्किएपछि केहीबेर खलबली भएको छ ।

चिनियाँ नागरिक जियान जिङ्गले बोकेको ह्याण्ड ब्यागमा आगो लागेको विमानस्थल सुरक्षार्थमा खटिएका प्रहरीले बताए ।

आज बिहान चिनियाँ एयरबाट चीनको ताइफु जान लागेकी जियान यात्रु बोर्डिङ पास लिएर प्रतीक्षा हलमा बसेकी थिइन् । ब्यागमा एक्कासी धुवाँ देखिएपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए ।

स्टेरलाइज हलमा झोलामा रहेको पावर बैंक पड्केर आगो लागेको प्रहरीले बतायो । आगलागीबाट पावर बैंक र साथमा रहेको ल्यापटपमा क्षति पुगेको छ ।