• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी



सिरहा । लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ । लहान नगरपालिका ३ स्थित सुनिल कुमार अग्रवालले सञ्चालन गरेको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको हो ।

लहान नगरपालिकाको वारुणयन्त्र, स्थानीयबासी र प्रहरी प्रयासरत जारी रहदा पनि आगो अझै नियन्त्रणमा आउन सकेको छैन । भवनबाट साइकल र अन्य सामानहरु सुरक्षित स्थानमा सारिँदै छ ।

आगलागी के कारणले भएको र क्षतीबारे जानकारी आउन बाँकि छ ।