१ पुष २०८२, मंगलवार
,
Latest
पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी काव्य साँझः ‘कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल बागमती प्रदेशसभा बैठक अनिश्चित मुस्ताङस्थित रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा ‘झारकोट’ ओझेलमा रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड महाधिवेशन प्रतिनिधिहरुलाई विष्णु पौडेलको यस्तो आह्वान आहा ! राराताल- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मण्डला थिएटरमा ‘मानिस हराएको सूचना’को मञ्चन जारी



अ+ अ-

काठमाडौँ । राजधानीको थापागाउँस्थित मण्डला नाटकघरमा मंसिर १५ गतेदेखि नाटक ‘मानिस हराएको सुचना’ मञ्चन भइरहेको छ ।

२४ गतेसम्म चल्ने नाटक सोमबारबाहेक हरेकबार साँझ पाँच बजे र शनिबार दिउँसो एक बजे मञ्चन हुनेछ । ब्लु डाईमन्ड सोसाईटि, झ्याल आर्ट, ऐभरेष्ट फिल्म ऐकेडेमी र मण्डला नाटकघरको सहयोगमा नाटक मञ्चन गरिएको हो ।

अमित गिरीले लेखेको नाटकमा गिरी र सन्तोष बिष्टको संयुक्त रुपमा निर्देशन रहेको छ । नाटकमा सबिन राई, सोनिका शाही ठकुरी, रोमस राय ठकुरी, स्नेहा जोशी, साईमन थापा, दीपक कोइराला लगाएका १३ जना कलाकारहरुले अभिनय गरेका छन् ।

सामाजिक बिषयलाई उठान गरिएको नाटकमा वर्तमान समाजको यथार्थ कुराहरुलाई मनोरन्जनात्मक रुपमा प्रस्तुत गर्न खोजिएको निर्देशक तथा कलाकार सन्तोष बिष्टले जानकारी दिए ।

निर्देशक तथा कलाकार बिष्टका अनुसार आफ्नो कुराहरु समाजमा खुलेर बोल्न डराईरहेका मानिसहरुको कथा, आफ्नो अस्तित्व बिर्सिएका मानिसहरुको कथा, मानिसको व्यक्तिगत जिन्दगीमा परिवार, समाज र राष्ट्रले प्रतक्ष अप्रतक्ष रुपमा पारिरहेको प्रभावको कथा नाटकमा हेर्न पाईनेछ ।