• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

धादिङकी रशिला एसिया ट्रेल मास्टर च्याम्पियन



काठमाडौं । धादिङकी अल्ट्रा धाविका रशिला तामाङ इन्डोनेसियामा भएको एसिया ट्रेल मास्टर (एटिम) २०२३ को च्याम्पियन बनेकी छिन् ।

शनिबार भएको दौडमा रशिलाले निर्धारित ७७ किमि दुरी १२ घन्टा २५ मिनेट ५२ सेकेन्डमा पूरा गर्दै सेन्ट्रल जाभा इन्डोनेसिया सिक्सोरोगो लाउ अल्ट्रा दौड च्याम्पियन बनेकी हुन् । सन् २०१५ देखि शुरु भएको यो एसिया ट्रेल मास्टर (एटिम) जित्ने उनी पहिलो नेपाली धाविका बनिन् ।

च्याम्पियन बन्ने क्रममा रशिलाले ३२५० मिटर अग्लो माउन्ट लाउबाट सिंगापुर–बेल्जियमकी भान्जा कनोप्सलाई उछिनेर अघि बढिन् । त्यसपछि त्यही गति कायम राखेकी उनले झन्डै ७ मिनेटले उनलाई पछि पार्दै उपाधि जित्न सफल भइन् । भान्जाले निर्धारित दुरी १२ घन्टा ३२ मिनेट १६ सेकेन्डमा पुरा गर्दै दोस्रो भईन् ।

फिलिपिन्सकी एन्जेली काबालोले निर्धारित दुरी १४ घन्टा ३ मिनेट ३७ सेकेन्डमा पुरा गर्दै तेस्रो स्थान हासिल गरिन् । इन्डोनेसियाकी सिन्डी प्याट्रिसिया चौथो तथा इन्डोनेसियाकै सिटी नुराइनी पाँचौ भइन् ।

रशिलाले गत महिना मलेसियामा आयोजना भएको दि नर्थ फेस मलेसिया माउन्टेन ट्रेल फेस्टिबल २०२३ मा दोस्रो भएकी थिइन् । रशिलाले चीनमा भएको जिओजी माउन्टेन क्रसिङ कम्पिटिसन, नेपालमा युनिभर्सिटी च्याम्पियनसिप, गोदावरी रनिङ फेस्टिभल र हिमालयन आउटडोर र ४२ किमीको एभरेष्ट म्याराथनलगायतमा सहभागिता जनाईसकेकी छिन् ।