१६ भाद्र २०८३, मंगलवार
,
Latest
रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङकी रशिला एसिया ट्रेल मास्टर च्याम्पियन



अ+ अ-

काठमाडौं । धादिङकी अल्ट्रा धाविका रशिला तामाङ इन्डोनेसियामा भएको एसिया ट्रेल मास्टर (एटिम) २०२३ को च्याम्पियन बनेकी छिन् ।

शनिबार भएको दौडमा रशिलाले निर्धारित ७७ किमि दुरी १२ घन्टा २५ मिनेट ५२ सेकेन्डमा पूरा गर्दै सेन्ट्रल जाभा इन्डोनेसिया सिक्सोरोगो लाउ अल्ट्रा दौड च्याम्पियन बनेकी हुन् । सन् २०१५ देखि शुरु भएको यो एसिया ट्रेल मास्टर (एटिम) जित्ने उनी पहिलो नेपाली धाविका बनिन् ।

च्याम्पियन बन्ने क्रममा रशिलाले ३२५० मिटर अग्लो माउन्ट लाउबाट सिंगापुर–बेल्जियमकी भान्जा कनोप्सलाई उछिनेर अघि बढिन् । त्यसपछि त्यही गति कायम राखेकी उनले झन्डै ७ मिनेटले उनलाई पछि पार्दै उपाधि जित्न सफल भइन् । भान्जाले निर्धारित दुरी १२ घन्टा ३२ मिनेट १६ सेकेन्डमा पुरा गर्दै दोस्रो भईन् ।

फिलिपिन्सकी एन्जेली काबालोले निर्धारित दुरी १४ घन्टा ३ मिनेट ३७ सेकेन्डमा पुरा गर्दै तेस्रो स्थान हासिल गरिन् । इन्डोनेसियाकी सिन्डी प्याट्रिसिया चौथो तथा इन्डोनेसियाकै सिटी नुराइनी पाँचौ भइन् ।

रशिलाले गत महिना मलेसियामा आयोजना भएको दि नर्थ फेस मलेसिया माउन्टेन ट्रेल फेस्टिबल २०२३ मा दोस्रो भएकी थिइन् । रशिलाले चीनमा भएको जिओजी माउन्टेन क्रसिङ कम्पिटिसन, नेपालमा युनिभर्सिटी च्याम्पियनसिप, गोदावरी रनिङ फेस्टिभल र हिमालयन आउटडोर र ४२ किमीको एभरेष्ट म्याराथनलगायतमा सहभागिता जनाईसकेकी छिन् ।