१२ असार २०८३, शुक्रबार
,
Latest
पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माणका लागि खटिए मोहन आचार्य



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघिय सांसद मोहन आचार्य भूकम्प प्रभावित क्षेत्रका पीडितहरूका लागि आवास निर्माणमा खटिएका छन् ।

बिहिबारदेखि आचार्यको नेतृत्वमा जाजरकोटको विकट क्षेत्र कुशे गाउपालिका–७ धनराशिमा ३२ जनाको टोलि खटिएका हुन् । भुकम्पले क्षतिग्रस्त संरचना हटाउदै शुक्रबारदेखि अस्थायी आवास निर्माणको कार्य सुरु गरिएको आचार्यले बताए ।

भूकम्पपीडितका घाउमा थोरै भए पनि मलम लगाउन सकियोस् भनेर जाजकोटको विकट गाउँ धनराशिमा खटिएको बताए ।

अबको एक साता सोहि क्षेत्रका भूकम्पपीडितको माझमा रहने उनले बताए। पहिलो चरणमा करिब एक सय वटा अस्थायी आवास निर्माण गर्ने लक्ष्य रहेको आचार्यले बताए ।

स्थानिय स्रोत र साधनको प्रयोग गरि अस्थायी टहरा निर्माण गछौँ, दक्ष जनशक्ति सहित किलाकाटी लगायतको  लगायतको सामाग्री हामी आफैले ल्याई प्रयोग गरेका छौँ, उनले भने, विकट क्षेत्र सडक संजाल सहज नभएकोले सामान लैजान अलि समस्या भएको छ, ।