७ मंसिर २०८१, शुक्रबार
,
Latest
पुटिनले पश्चिमा मुलुकलाई दिएको चेतावनीबाट नडराउने स्वीडेनको भनाइ खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस्: मन्त्री यादव दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश यस्ता छन् मन्त्रीपरिषद् निर्णय- ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप देखी बिभिन्न निकायमा… राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता



अ+ अ-

नारायणगढ (चितवन) : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश जारी गरेर भए पनि राष्ट्रिय भूमि आयोगको काम सफल बनाउने प्रतिबद्घता व्यक्त गर्नुभएको छ ।

चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोगको कामलाई हरहालतमा सफल पारेर भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने जुन उद्देश्य राखेका छौँ हरहालतमा त्यो पूरा गरी छाड्ने सङ्कल्प गरेकाछौँ ।”

उपप्रधानमन्त्रीले सङ्कल्प र प्रतिबद्घता गरेर मात्रै नभई यसमा देखिएका समस्याको समाधानका लागि कानुन संशोधन गरेर भए पनि भूमिहीन किसानको समस्या समाधान गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय भूमि अधिकार मञ्च नेपालका कार्यवाहक अध्यक्ष मेघबहादुर बिसीको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटनसत्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाले बोल्नुभएको थियो । भोलि मञ्चको नयाँ नेतृत्व चयन गरी सम्मेलन सम्पन्न हुनेछ ।