• १० फाल्गुन २०८०, बिहीबार
  •      Thu Feb 22 2024
  •   Unicode
Logo
Latest
★   राप्रपा नेपालले चैत १ गते काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने ★   त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा बराल नियुक्त ★   काठमाडौँमा विमान अवतरण हुन सकेनन्, एक भारतीय विमान लखनउ डाइभर्ट ★   नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट ★   गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध मुद्दा दायर ★   नारायणगढ–मुग्लिन सडक: फागुन १३ गतेदेखि बन्द नहुने ★   जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप लामिछाने उच्च अदालतमा ★   नेपाल ‘ए’ लाई हराउदै क्यानडा–११ ले जित्यो सिरिज ★   बार्सिलोनाका पूर्व खेलाडी आल्भेस बलात्कारको मुद्धामा दोषी ठहर ★   पोर्चुगलमा रहेकी सुस्मिताको उपचारका लागि आर्थिक सहयोग उपलब्ध

रणवीरको ‘एनिमल’ले पहिलो दिन कति कमायो ?



एजेन्सी । सन्दीप रेड्डी वाङ्गाद्वारा निर्देशित फिल्म ‘एनिमल’ डिसेम्बर १ बाट विश्वव्यापी रुपमा रिलिज भएको छ । रणवीर कपुर स्टारर फिल्म बक्स अफिसमा धेरै ब्लकबस्टर फिल्महरूको रेकर्ड तोड्ने दिशामा अघि बढिरहेको छ । विक्की कौशलको ‘साम बहादुर’सँग भिड्दा पनि ‘एनिमल’ ले बम्पर ओपनिङ गरेको छ ।

रणवीर र बबी देओल स्टारर फिल्म ‘एनिमल’ को बारेमा लामो समयदेखि चर्चा चलिरहेको थियो । द्रुत अग्रिम बुकिङका कारण फिल्मले उत्कृष्ट ओपनिङ गर्न सक्ने विश्वास गरिएको थियो र त्यस्तै भयो । चलचित्र बक्स अफिसमा यो वर्षको दोस्रो ठूलो ओपनर बनेको छ । रणवीरले ‘टाइगर ३’ र ‘गदर २’ जस्ता फिल्मलाई पछाडि छोडेको छ ।

फिल्म ‘एनिमल’ नोन होलिडे र नन फेस्टिबल वीकेण्डमा रिलिज भएको थियो । सेन्सर बोर्डबाट वयस्क प्रमाणपत्र प्राप्त भएको ३ घण्टाभन्दा बढीको रनटाइम, कुनै पनि सुपरस्टारको क्यामियो, कुनै हिट फ्रन्चाइजी र त्यसको शीर्षमा बहुप्रतिक्षित फिल्मसँगको टक्कर यी सबै समस्याका बाबजुद रणवीर कपूरको फिल्म ‘एनिमल’ ले बक्स अफिसमा हावी रह्यो ।

ग्याङ्स्टर फिल्म ‘एनिमल’ ले ओपनिङ दिनमै राम्रो कलेक्सन गरेको छ । फिल्म समीक्षक तरण आदर्शका अनुसार रणवीर र बबी देओलको फिल्मले पहिलो दिन घरेलु बक्स अफिसमा सबै भाषामा कुल ६३.८० करोड रुपैयाँ कमाएको छ । फिल्मले हिन्दीमा मात्र ५४.७५ करोडको व्यापार गरेको छ । यो फिल्म रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनर बनेको छ ।

रणवीर कपूरसँगै फिल्ममा बबी देओल (भिलेन), अनिल कपूर, रश्मिका मन्दाना, प्रेम चोपडा, तृप्ती डिमरी जस्ता कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । फिल्मलाई कबीर सिंह निर्देशक सन्दीप रेड्डी वांगाले निर्देशन गरेका हुन् ।