११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाद्वारा ३.२५ अर्बको फिड द फ्युचर नेपाल युएसएआइडी कृषि सामाग्री कार्यक्रमको शुभारम्भ



अ+ अ-

काठमाडौँ: अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र नेपाल सरकारले आज ‘फिड द फ्युचर नेपाल युएसएआइडी कृषि सामाग्री’ नामक नयाँ कार्यक्रमको को संयुक्त रूपमा शुभारम्भ गरेका छन् ।

करिब सवा तीन अर्ब रुपैयाँसम्मको कोष उपलब्ध हुने सो कार्यक्रमले कृषि सामाग्रीसम्मको पहुँचलाई व्यवस्थित बनाउन र नेपालको समग्र कृषि विकासमा योगदान पुर्‍याउन काम गर्नेछ ।

सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, बागमती र मधेस प्रदेशका गरी १६ जिल्लामा सञ्चालन हुने उक्त पञ्चवर्षीय कार्यक्रम चार अत्यावश्यक कृषि सामाग्रीहरू – बीउ, मल, सिँचाइ र कृषि यान्त्रीकरण – मा केन्द्रित हुनेछ।

“आर्थिक वृद्धि र समृद्धिको पथमा युएसएआइडी लामो समयदेखिको साझेदार हो र वैश्विक खाद्य सुरक्षा रणनीति अन्तर्गतको ‘फिड द फ्युचर’ पहलमा नेपाल प्राथमिकताप्राप्त मुलुक रहेको छ,” शुभारम्भ कार्यक्रममा बोल्दै युएसएआईडी एसिया ब्यूरो सहायक प्रशासक माइकल शिफरले भन्नुभयो । “आज यस अवसरको शुभारम्भ गर्न पाउँदा म उत्साहित छु किनकि यसको लक्ष्य उत्पादकत्व वृद्धि गर्नु मात्र होइन; यो त साना किसानलाई सबल बनाउन, गरिबी घटाउन र ग्रामीण आय बढाउनका लागि हो । नेपाली जनतालाई लाभ पुर्‍याउने समावेशी विकास मोडेलको सृजना गर्नका लागि हो । साथै, रोजगारी सृजना गर्न, आर्थिक विकासलाई उत्प्रेरित गर्न र स्थानीय समुदायहरूका जीवनमा सार्थक परिवर्तन ल्याउनका लागि हो ।”

यस कार्यक्रमले आधुनिक कृषि सामाग्री तथा प्रविधिमा पहुँच अभिवृद्धि गराई दुई लाखभन्दा बढी कृषक र उनीहरूका परिवारलाई लाभान्वित गर्ने अपेक्षा राखिएको छ । यसले उत्पादकत्व र आय वृद्धि गरी नेपालमा गरिबी न्यूनीकरण र खाद्य सुरक्षामा सुधार गर्नेछ।

 




भर्खरै