३ भाद्र २०८३, बुधबार
,
Latest
बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसद्वारा युक्रेनमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण



अ+ अ-

किएभ । रुसी सेनाले पछिल्लो हमलामा मुलुकका दक्षिण र पूर्वमा दुई दर्जनभन्दा बढी इरान निर्मित ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले शुक्रबार बताएको छ ।

किएभका अधिकारीहरूका अनुसार जाडोका महिनाहरूमा युक्रेनको सङ्घर्षशील ऊर्जा ग्रिडमा व्यवस्थित हमलाका लागि रुसी सेनाले ड्रोन र क्षेप्यास्त्र जम्मा गरिरहेको छ ।

दक्षिणी क्षेत्रमा १८ ड्रोन र एउटा क्षेप्यास्त्र खसाएको दाबी गर्दै हवाई सेनाले भनेको छ, “समग्रमा दुश्मनले दुई वटा एक्स–५९ क्षेप्यास्त्र र २५ शाहिद–१३६र१३१ आक्रमणकारी ड्रोनको प्रयोग गरेको थियो ।” अघिल्लो जाडोयाममा युक्रेनको ऊर्जा पूर्वाधारमा रुसी हमलाका कारण लाखौँ मानिस लामो समयसम्म जाडो र अन्धकारमा बसेका थिए ।

किएभले पश्चिमी हतियारका साथ उसको हवाई रक्षा प्रणालीहरूलाई बलियो बनाएको छ । यद्यपि उसले कमजोर क्षेत्रका लागि थप हतियार आवश्यक परेको स्वीकार गरेको छ । रासस