४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कपको उपाधि मधेशलाई, आर्मी ११ रनले पराजित



अ+ अ-

काठमाडौं । केपी ओली कप टि२० प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । राष्ट्रिय क्रिकेट टोलीबाट खेलेका १० खेलाडी प्लेइङ ११ मा भएको त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेशले उपाधि उचालेको हो ।

जितको लागि १ सय ३६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन मात्र बनायो ।

आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक ३२ रन बनाउँदा विवेक यादव २५ र सोमपाल कामी १६ रनमा अविजित रहे । ओपनर सन्तोष कार्कीले १६, रोहित पौडेलले ५, राजेश बुढामगरले ३, बसिर अहमदले २, भीम सार्कीले २२ रन बनाएर आउट भए ।

बलिङतर्फ मधेसका कप्तान हरिशंकर शाहले सर्वाधिक ४ विकेट लिए ।प्रदीप पासवान २ र प्रतीक यादव १ विकेट लिए ।

त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो ।

मधेशको लागि युवा अलराउन्डर विशाल पटेलले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनी ३२ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रन बनाएर नट आउट रहे । ओपनर हरिशंकर शाह २७, अनिलकुमार शाह ६, इमरान शेख ८, पवन सरार्फ ९, मयन यादव ३, हिमान्शु दत्त १४ र विशाल शुश्लिङ १० रनमा आउट भए ।

आर्मीका साहब आलमले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट लिएका थिए । यस्तै, विवेक यादवले ३ विकेट लिँदा सोमपाल कामी र बसिर अहमदले समान एक विकेट लिए ।

उपाधिसँगै मधेसले नगद ५ लाख हात जितेको छ । उपविजेता आर्मीले २ लाख ५० हजार पाउने भएको छ ।