८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न कोप-२८ मस्यौदाको आह्वान

जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न कोप-२८ मस्यौदाको आह्वान
अ अ+ अ-

दुबई । वार्ताकारहरूले शुक्रबार जलवायु कार्यमा संयुक्त राष्ट्रसङ्घीय सम्झौताको पहिलो मस्यौदा जारी गरेका छन् । मस्यौदामा जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न आह्वान गरिएको छ । यसबाट तेल समृद्ध मुलुक संयुक्त अरब इमिरेट्स ९युएई० मा कोप२८ वार्तामा एउटा ठूलो सङ्घर्ष सुरु भएको छ ।

कोप२८ वार्तामा जीवाश्म इन्धनको भविष्यमाथि पहिला नै मतभेदहरू देखा परेका छन् । संयुक्त अधिराज्य र सिङ्गापुरद्वारा तयार पारिएको मस्यौदामा समावेश जीवाश्म इन्धनको ‘चरणबद्ध कमरअन्त्य’ को प्रस्तावहरू अत्यधिक विवादास्पद हुनेछन् ।

अन्तिम सम्झौतामा कोइला, तेल र ग्यासमाथि स्पष्ट प्रतिबन्ध समावेश गर्ने आह्वानले गति लिएको छ तर जीवाश्म इन्धनको उपयोगलाई सीमित गर्ने कुनै पनि प्रयासले कडा विरोधको सामना गर्नुपर्नेछ । दुबईमा आगामी दुई सातामा करिब दुई सय मुलुकका प्रतिनिधिहरू पृथ्वीलाई तातो बनाउने उत्सर्जनलाई सीमित गर्नका लागि अन्तिम प्रस्तावलाई ग्रहण गर्ने अपेक्षामा मस्यौदाका विवरणमाथि विचार विमर्श गर्नेछन् ।

पर्यवेक्षकहरूका अनुसार ‘फेजआउट (चरणबद्ध अन्त्य)’ र ‘फेजडाउन (चरणबद्ध कम गर्ने)’ शब्दमा बहस जारी रहनेछ । यद्यपि कोप२८ को प्रारम्भमा यस्तो भाषाको समावेश महत्त्वपूर्ण थियो । “यो कोप२७ मा प्रस्तुत गरिएको कुनै पनि कुराको तुलनामा महत्त्वाकांक्षी छ, त्यसैले विकल्पमा यो हुनु पनि एउटा ठूलो कदम हो”, फ्रान्सेली जलवायु थिङ्कट्याङ्क आइडिडिआरआईका विशेषज्ञ लोला भालेजोले भन्नुभयो ।

कोइलाको कमी वा चरणबद्ध समाप्ति वा ‘नयाँ कोइला होइन’ भन्ने मस्यौदा प्रस्तावले वार्ताको आधार तयार गर्नेछ । यो गत सेप्टेम्बरमा प्रकाशित एउटा हानिकारक प्रतिवेदनले जलवायु सङ्कटको सामना गर्न विश्वले कति थोरै काम गरेको छ भनी प्रकाश पारेको ‘ग्लोबल स्टकटेक(विश्वव्यापी भण्डार)’ को औपचारिक प्रतिक्रिया हो

गैरसरकारी सङ्गठन ग्लोबल सिटिजनका फ्रेइडेरिक रोडरले मस्यौदा भाषा धेरै टाढा नगएको बताउनुभयो । “मस्यौदामा स्पष्टरूपमा सबै जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले कम गर्न नभई चरणबद्ध तरिकाले अन्त्य गर्न आह्वान गर्नुपर्छ, यसले कोइलाभन्दा पनि अघि बढ्नुपर्छ र ऊर्जा क्षेत्रलाई मात्र नभएर सम्पूर्ण अर्थतन्त्रलाई सम्बोधन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

यो वार्ता यस्तो महत्त्वपूर्ण समयमा भइरहेको छ जतिबेला सन् २०२३ कीर्तिमानी सबैभन्दा तातो वर्षको मार्गमा रहेको छ र उत्सर्जन अहिले पनि बढिरहेको छ । बिहीबार राष्ट्रसङ्घीय जलवायु प्रमुख साइमन स्टिलले दुबईमा प्रतिनिधिहरूसँग विश्वव्यापी तापक्रममा योगदान दिने जीवाश्म इन्धनलाई ‘अन्तिम गिरावटको सङ्केत’ दिन आग्रह गर्नुभयो ।

कोप२८ का अध्यक्ष एवं युएईको राष्ट्रिय तेल कम्पनीका प्रमुख सुल्तान अल जाबेरले वार्ताकारहरूसँग कुनै पनि अन्तिम सम्झौतामा ‘जीवाश्म इन्धनको भूमिकाको समावेशलाई सुनिश्चित गर्न’ आह्वान गर्नुभएको छ । रासस