२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको आरोप: दाहालले कांग्रेसलाई प्रचण्ड पथमा हिँडाए



file photo
अ+ अ-

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसलाई प्रचण्ड पथमा हिँडाएको आरोप लगाउनु भएको छ ।

डडेलधुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाउनु भएका हो ।

उहाँले भन्नुभयो ‘यो सरकार प्रचण्ड पथमा लागेको छ। आफ्नै मान्छे थुनिएको छ, हो होइन अदालतले भन्ला तर सत्तामा रहेको दलहरु प्रचण्ड पथतर्फ गइरहेका छन्,।’ अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकारले कमिसन र तस्करीलाई प्रोत्साहन गर्नुका साथै जनतामा निराशा बढाएको बताउनु भयो ।

उहाँले भन्नुभयो , ‘नेपाली जनताको राष्ट्रिय आकांक्षा र एमालेको गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई साकार पार्ने उद्देश्यका साथ आजबाट पुष्पलाल मध्यपहाडी लोकमार्गमा शुरु गरेको अभियानमा देखिएको उत्साहपूर्ण साथ र सहयोग, एमालेप्रतिको विश्वासले मलाई हर्ष लागेको छ।’आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘यो सरकार ढाल्नै पर्दैैन, यो त आफैं ढल्दैछ, यो अहिले नै हल्लिरहेको छ,’ यो कुनै खुट्टा भएको सरकार होइन, यो गठबन्धनहरुको छेस्कनो लगाएको सरकार हो, हाम्रो पदयात्रा नसकिदै यो सरकार ढलिसकेको हुनसक्छ, कुनै भर छैन।’

ओली सेना कर्मचारीलाई तलब खुवाउन सरकार आन्तरिक ऋण उठाइरहेको जनाए। सरकारले अर्थतन्त्र उकास्न कुनै काम नगरेको आरोप लगाउँदै निमार्ण ब्यावसायीलाई पैसा नदिएर सरकारले हैरान बनाएको पनि आरोप लगाउनुभयो ।