१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

ओलीको आरोप: दाहालले कांग्रेसलाई प्रचण्ड पथमा हिँडाए

ओलीको आरोप: दाहालले कांग्रेसलाई प्रचण्ड पथमा हिँडाए
file photo
अ अ+ अ-

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसलाई प्रचण्ड पथमा हिँडाएको आरोप लगाउनु भएको छ ।

डडेलधुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाउनु भएका हो ।

उहाँले भन्नुभयो ‘यो सरकार प्रचण्ड पथमा लागेको छ। आफ्नै मान्छे थुनिएको छ, हो होइन अदालतले भन्ला तर सत्तामा रहेको दलहरु प्रचण्ड पथतर्फ गइरहेका छन्,।’ अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकारले कमिसन र तस्करीलाई प्रोत्साहन गर्नुका साथै जनतामा निराशा बढाएको बताउनु भयो ।

उहाँले भन्नुभयो , ‘नेपाली जनताको राष्ट्रिय आकांक्षा र एमालेको गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई साकार पार्ने उद्देश्यका साथ आजबाट पुष्पलाल मध्यपहाडी लोकमार्गमा शुरु गरेको अभियानमा देखिएको उत्साहपूर्ण साथ र सहयोग, एमालेप्रतिको विश्वासले मलाई हर्ष लागेको छ।’आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘यो सरकार ढाल्नै पर्दैैन, यो त आफैं ढल्दैछ, यो अहिले नै हल्लिरहेको छ,’ यो कुनै खुट्टा भएको सरकार होइन, यो गठबन्धनहरुको छेस्कनो लगाएको सरकार हो, हाम्रो पदयात्रा नसकिदै यो सरकार ढलिसकेको हुनसक्छ, कुनै भर छैन।’

ओली सेना कर्मचारीलाई तलब खुवाउन सरकार आन्तरिक ऋण उठाइरहेको जनाए। सरकारले अर्थतन्त्र उकास्न कुनै काम नगरेको आरोप लगाउँदै निमार्ण ब्यावसायीलाई पैसा नदिएर सरकारले हैरान बनाएको पनि आरोप लगाउनुभयो ।