२० माघ २०८१, आईतवार
,
Latest
नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्छः कार्यकारी निर्देशक अधिकारी क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने सांसद भट्टराईको प्रश्नः अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको बिरोध गर्ने ? बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए निजी क्षेत्रको अपेक्षा भन्दा माथि गएर सरकारले नीतिगत सुधारको लागि अध्यादेश ल्यायोः वरिष्ठ उपाध्यक्ष मल्होत्रा नेपालको लगातार तेस्रो हार, नेदरल्यान्डसँग १५ रनले पराजित जिमेल एकाउन्टमा एआई प्रयोग गरेर ह्याक के यो बियोन्सेको समय हो ? सङगीतका ए–लिस्टरहरू ग्रामीका लागि तयार आसनग्रहण गरिरहेको अवस्थामा एक्कासी ढलेका सांसद भट्टको स्वास्थ्य अवस्था कस्तो छ ? अध्यादेश तत्काल फिर्ता लिनुपर्छः सांसद शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्यद्वारा किसानको दुई हजार पाँच सय क्वीन्टल धान खरिद



अ+ अ-

दोधारा चाँदनी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट दुई हजार पाँच सय ८० क्वीन्टल धान खरिद गरेको छ । यसवर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपनि थोरै मात्रामा किसानले खाद्यलाई धान बिक्री गरेका छन् । यस वर्ष कञ्चनपुरमा पन्ध्र हजार क्वीन्टल धान गरिद गर्ने लक्ष्य भए पनि लक्ष्य भेट्टाउन गाह्रो रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रमुख तपेन्द्र उपाध्यायले हालसम्म दुई हजार पाँच सय ८० क्वीन्टल धान खरिद भएको जानकारी दिनुभयो । “पुस मसान्तसम्म किसानका धान खरिद गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो, “किसानहरु धान बिक्रीका लागि आउनेक्रम जारी छ ।” गतवर्ष १४ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिए पनि तीन हजार क्वीन्टल धान मात्रै खरिद भएको थियो । यो वर्ष १५ हजार क्वीन्टल खरिद गर्ने लक्ष्य लिए पनि लक्ष्य पूरा हुने सम्भावना न्यून रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले विगतमा जिल्लाका अन्य ठाउँमा समेत धान खरिदका लागि केन्द्र स्थापना गर्ने गरेको भए पनि यसवर्ष कर्मचारी र भौतिक पूर्वाधारको अभावले महेन्द्रनगरस्थित कार्यालयमा मात्रै धान खरिद गर्ने गरेको छ ।

खाद्यसँग धान बिक्रीका लागि प्रक्रियागत अल्झनले गाउँमै व्यापरीसँग न्यून मूल्यमा धान बिक्री गर्नुपरेको किसानको गुनासो छ । “खाद्यले वडाको सिफारिस ल्याउ भन्छ वडामा रिफारिस गरेको पनि शुल्क तिर्नुपर्छ”, किसान खुसी रानाले भन्नुभयो, “सरकारले किसानको हितमा निर्णय गरिदिए सजिलो हुन्थ्यो ।” खाद्यले कञ्चनपुरमा कात्तिक १५ गतेदेखि धान खरिद सुरु गरेको हो ।

कृषि ज्ञान केन्द्रका अधिकृत हरिदत्त जोशीले कञ्चनपुरमा धानको उत्पादकत्व चार मेट्रिक टन प्रतिहेक्टर रहेको जानकारी दिनुभयो । “गतवर्ष तीन दशमलव ९२ मेट्रिक टन थियो । यो वर्ष वृद्धि भएको हो”, उहाँले भन्नुभयो, “धान र गहुँमा कञ्चनपुर आत्मनिर्भर छ ।” उहाँले कञ्चनपुरको जनसङ्ख्यालाई पर्याप्त भइ ८४ हजार टन खाद्यान्न बाहिर जाने गरेकोे बताउनुभयो । रासस