४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कप: एपिएफलाई ११ रनले हराउँदै मधेश फाइनलमा



अ+ अ-

काठमाडौं । केपी ओली टि२० कपमा नेपाल एपिएफ क्लबलाई ११ रनले हराउँदै मधेश प्रदेश फाइनलमा पुगेको छ । फाइनलमा मधेशले उपाधिको लागि आर्मीसँग खेल्नेछ ।

मधेशले जितको लागि दिएको १ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको एपिएफले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । एपिएफको लागि सन्दीप जोरा र प्रदीप ऐरीले अर्धशतकिय ईनिङ खेले । जोराले ३१ बलमा ३ चौका र ५ छक्कासहित ५४ रन बनाए । प्रदीपले ४२ बलमा ३ चौका र ४ छक्कासहित ५५ रन बनाए । तेस्रो विकेटका लागि प्रदीप र सन्दीपले १ सय ६ रनको शतकीय साझेदारी गरेका थिए ।

यस्तै, लोकेश बम ३२, सुमित महर्जन १३, आसिफ शेख ४, अरुण ऐरी शून्य र पुरन बिक ४ रनमा आउट भए ।

बलिङतर्फ मधेशको लागि विशाल पटेलले सर्वाधिक ३ विकेट लिए । प्रदीप पासवान र कप्तान हरिशंकर शाहले समान २ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो।

मधेशका ओपनर अनिल शाहले र इमरान शेखले उत्कृष्ट अर्धशतकिय इनिङ खेलेका थिए । अनिलले ३६ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ५७ रन बनाए । इमरानले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रन जोडे । दोस्रो विकेटका लागि अनिल र इमरानले ९२ रनको साझेदारी गरेका थिए । पवन सरार्फ ३३, रुपेश सिंह २१, हिमान्शु दत्त १५, कप्तान हरिशंकर शाह १० तथा विशाल शुश्लिङ र मयन यादवले समान ४ रन बनाएका थिए ।

एपिएफका स्पिनर मौसम ढकालले सर्वाधिक ३ विकेट लिएका थिए भने अमरसिंह राउटेलाले २ विकेट लिए ।