६ श्रावण २०८३, बुधबार
,
Latest
दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टार फुटबलर नेयमारसँग अलग भएको प्रेमिका बियानकार्डीको घोषणा



अ+ अ-

एजेन्सी । ब्राजिलियन मोडल ब्रुना बियानकार्डीले साउदी क्लब अल–हिलालका फुटबल खेलाडी नेयमारसँगको सम्बन्ध तोडेको घोषणा गरेकी छन् । डेली मेलको रिपोर्ट अनुसार बियानकार्डीले आधिकारिक रूपमा एक अर्कासँग अलग भएको घोषणा गरेकी हुन् ।

ब्राजिलियन फुटबलर र उनकी प्रेमिकाले दुई महिना अघि मात्रै आफ्नो पहिलो सन्तान माभीलाई स्वागत गरेका थिए । नेयमारले बियानकार्डीलाई धोका दिएका अफवाहका बिच उनिहरु छुट्टिएका खबर आएको हो ।

आफ्नो इन्स्टाग्राम स्टोरीमा पोस्ट गर्दै, बियानकार्डीले भनेकी छन्, ‘यो एक निजी कुरा हो, तर म प्राय: समाचार, शंका र मजाकहरूसँग जोडिएको हुनाले, म तपाईंलाई यो जानकारी गराउन चाहन्छु कि म नेमारसँग सम्बन्धमा छैन।’

‘हामी :छोरी माभी को अभिभावक हौं र यो हाम्रो सम्बन्ध को कारण हो। म आशा गर्छु कि तपाईले मलाई समाचार संग सम्बद्ध गर्नुहुनेछैन। धन्यवाद।’, उनले थपेकी छन् ।

नेयमारले हालैका दिनहरूमा बियानकार्डीलाई धोका दिएको आरोपको सामना गर्नु परेको थियो । उनी यसै वर्षको सुरुका दिनमा स्पेनी नाइटक्लबमा दुई फरक महिलासँग पार्टी गरिरहेको फुटेजमा देखा परेको थिए ।

नेयमारको अघिल्लो सम्बन्ध क्यारोलिना डान्टासबाट एक छोरा पनि छ । उनी २०२१ देखि बियानकार्डीसँग सम्बन्धमा रहेका थिए ।