१६ भाद्र २०८३, मंगलवार
,
Latest
विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रो अभियानले सरकारी अकर्मण्यता र अस्थिर राजनीतिलाई सही बाटोमा ल्याउँछ– ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट–चिवाभञ्ज्याङ अभियानले सरकारी अकर्मण्यता र अस्थिर राजनीतिलाई सही बाटोमा ल्याउने बताएका छन् ।

बिहिबार ‘झुलाघाट–चिवाभञ्ज्याङ्: समृद्धिका लागि सङ्कल्प यात्रा’ को उद्घाटन गर्दै ओलीले यो यात्रा समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्प यात्रा रहेका बताएका हुन् ।

मध्यपहाडी लोकमार्ग यात्राले देशको नीति निर्माणमा चिन्तन मनन गर्न र स्थलगत अध्ययन तथा छलफल गर्न मद्दत पुग्ने ओलीको भनाई छ । ‘पार्टीले शुरू गरेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा संवाद र अध्ययनको यात्राका रूपमा परिभाषित भएको छ । यो यात्रा संवादको यात्रा हो, यो यात्रा अध्ययनको यात्रा हो । यो यात्रा नेपाली जनताको राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाइ छाड्ने सङ्कल्प यात्रा हो । जसलाई एमालेले आफ्नो उद्देश्य र गन्तव्य बनाएको छ’, उनले भने ।

यस्तै, उनले यस यात्राले सरकारी अकर्मण्यता र देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीतिलाई सही बाटोमा ल्याउन सहयोग पुग्ने बताए । ‘जनताका समस्या के छन् ? एमाले र एमाले नेताकार्यकर्तासँग जनताको अपेक्षा के छ ? अहिलेको अवस्थाबाट देशलाई बदलेर समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा कसरी पुरा गर्न सकिन्छ भन्ने सङ्कल्प गर्नेछौ’, अध्यक्ष ओलीले भने ।