१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

मध्यपहाडलाई समुन्नत बनाउने अठोटका साथ ‘समृद्धिका लागि संकल्प यात्रा’: शंकर पोखरेल

मध्यपहाडलाई समुन्नत बनाउने अठोटका साथ ‘समृद्धिका लागि संकल्प यात्रा’: शंकर पोखरेल
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा मध्यपहाडमा समृद्धि खोज्ने यात्रा भएको बताउनुभएको छ ।

बिहीबार बिहान बैतडीको झुलाघाटमा झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा शुभारम्भ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सोही अठोटका साथ एमालेले यात्रा प्रारम्भ गरेको बताउनुभयो । यात्राको क्रममा मध्यपहाडका जनतासँग संवाद गर्ने र एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्गले ल्याएको परिवर्तन नियाल्ने पोखरेलले जानकारी दिनुभयो ।

भविष्यमा सो क्षेत्रको व्यावसायिक विकासको सम्भावनाको बारेमा अध्ययन गरी विकासको खाका बनाउने उहाँले प्रष्ट पार्नुभयो । पहाड छाडेर मधेशमा बसाइँ सर्ने प्रवृत्तिलाई कसरी रोक्न सकिन्छ भन्ने कुरा सो क्रममा खोजिने पोखरेलले जानकारी दिनुभयो । पहाडमा नै बस्ने वातावरण बनाउन यात्रा प्रारम्भ गरिएको उहाँले प्रष्ट पार्नुभयो । ‘मध्यपहाडी क्षेत्रलाई आर्थिक, सामाजिक विकासका दृष्टिकोणले नेपालको समुन्नत क्षेत्रको रूपमा विकसित गर्ने अठोटका साथ हामी यो यात्रा आरम्भ गर्दै छौँ’, उहाँले भन्नुभयो । यात्राका क्रममा मध्यपहाडी पुष्पलाल लोकमार्गलाई अझै करी छोटो बनाउन सकिन्छ भन्ने सम्भावनाको पनि खोजी गरिने उहाँले बताउनुभयो ।

यात्राको क्रममा प्राविधिक टोलीले सो विषयमा समेत अध्ययन गर्ने उहाँले जानकारी दिनुभयो । यात्राका क्रममा जनताका बिचमा व्यापक संवाद गरिने उहाँले बताउनुभयो । ‘जनताका गुनासाहरू सुन्ने छौँ, भ्रम निवारण गर्ने छौँ’, उहाँले भन्नुभयो । नेपालमा ६ दशक भन्दा बढी राजनीतिक संघर्ष भएको बताउँदै पोखरेलले अब समृद्धिको यात्रामा अघि बढ्नु पर्ने बताउनुभयो । समृद्धिको यात्रा समृद्धि नेपाल सुखी नेपालीका परिकल्पनाकार केपी शर्मा ओलीको अगुवाइमा अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो ।

नेपालको मौलिक संस्कृतिलाई अहिले प्रहार गर्ने प्रयत्न भएको भन्दै पोखरेलले चिन्ता व्यक्त गर्नुभयो । नेपालको मौलिक संस्कृति नेपालको एकता, समृद्धि र गौरवपूर्ण इतिहासको आधार भएको उहाँले बताउनुभयो । मुलुकलाई विकसित र समृद्ध बनाउन जनताको जीवनस्तर उकास्न आवश्यक भएको उहाँले बताउनुभयो । विकास पहाडतिर उकाल लाग्ने, पहाडका मानिसहरू मधेश र सहर झर्ने कुरालाई कसरी रोक्न सकिन्छ भन्ने उपाय यात्राको क्रममा खोजिने उहाँले बताउनुभयो । यात्राको निष्कर्ष सहितको धारणा पुस ५ गते काठमाडौंमा कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने पोखरेलले जानकारी दिनुभयो ।