• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   ‘मिर्जापुर’ सिरिजमा देखिएका यी स्टारहरुको मृत्यु, एक जनाको शव बाथरुममा सडेको भेटिएको थियो ★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ?

मध्यपहाडलाई समुन्नत बनाउने अठोटका साथ ‘समृद्धिका लागि संकल्प यात्रा’: शंकर पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा मध्यपहाडमा समृद्धि खोज्ने यात्रा भएको बताउनुभएको छ ।

बिहीबार बिहान बैतडीको झुलाघाटमा झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा शुभारम्भ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सोही अठोटका साथ एमालेले यात्रा प्रारम्भ गरेको बताउनुभयो । यात्राको क्रममा मध्यपहाडका जनतासँग संवाद गर्ने र एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्गले ल्याएको परिवर्तन नियाल्ने पोखरेलले जानकारी दिनुभयो ।

भविष्यमा सो क्षेत्रको व्यावसायिक विकासको सम्भावनाको बारेमा अध्ययन गरी विकासको खाका बनाउने उहाँले प्रष्ट पार्नुभयो । पहाड छाडेर मधेशमा बसाइँ सर्ने प्रवृत्तिलाई कसरी रोक्न सकिन्छ भन्ने कुरा सो क्रममा खोजिने पोखरेलले जानकारी दिनुभयो । पहाडमा नै बस्ने वातावरण बनाउन यात्रा प्रारम्भ गरिएको उहाँले प्रष्ट पार्नुभयो । ‘मध्यपहाडी क्षेत्रलाई आर्थिक, सामाजिक विकासका दृष्टिकोणले नेपालको समुन्नत क्षेत्रको रूपमा विकसित गर्ने अठोटका साथ हामी यो यात्रा आरम्भ गर्दै छौँ’, उहाँले भन्नुभयो । यात्राका क्रममा मध्यपहाडी पुष्पलाल लोकमार्गलाई अझै करी छोटो बनाउन सकिन्छ भन्ने सम्भावनाको पनि खोजी गरिने उहाँले बताउनुभयो ।

यात्राको क्रममा प्राविधिक टोलीले सो विषयमा समेत अध्ययन गर्ने उहाँले जानकारी दिनुभयो । यात्राका क्रममा जनताका बिचमा व्यापक संवाद गरिने उहाँले बताउनुभयो । ‘जनताका गुनासाहरू सुन्ने छौँ, भ्रम निवारण गर्ने छौँ’, उहाँले भन्नुभयो । नेपालमा ६ दशक भन्दा बढी राजनीतिक संघर्ष भएको बताउँदै पोखरेलले अब समृद्धिको यात्रामा अघि बढ्नु पर्ने बताउनुभयो । समृद्धिको यात्रा समृद्धि नेपाल सुखी नेपालीका परिकल्पनाकार केपी शर्मा ओलीको अगुवाइमा अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो ।

नेपालको मौलिक संस्कृतिलाई अहिले प्रहार गर्ने प्रयत्न भएको भन्दै पोखरेलले चिन्ता व्यक्त गर्नुभयो । नेपालको मौलिक संस्कृति नेपालको एकता, समृद्धि र गौरवपूर्ण इतिहासको आधार भएको उहाँले बताउनुभयो । मुलुकलाई विकसित र समृद्ध बनाउन जनताको जीवनस्तर उकास्न आवश्यक भएको उहाँले बताउनुभयो । विकास पहाडतिर उकाल लाग्ने, पहाडका मानिसहरू मधेश र सहर झर्ने कुरालाई कसरी रोक्न सकिन्छ भन्ने उपाय यात्राको क्रममा खोजिने उहाँले बताउनुभयो । यात्राको निष्कर्ष सहितको धारणा पुस ५ गते काठमाडौंमा कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने पोखरेलले जानकारी दिनुभयो ।