• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम ★   लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ ★   सामाजिक सञ्जालका आज भाइरल दुई तस्बिर ★   कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज ★   जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै ★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा

रास्वपामा पदाधिकारी चयन: स्वर्णिम उपसभापति ,सहमहामन्त्रीमा कविन्द्र, सुमना र विपिन



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ ।

महोत्तरीमा जारी बैठकले वाग्लेलाई उपसभापति चयन गरेको हो । यसअघि उपसभापति रहेका डिपी अर्याल रहनु भएको थियो । रास्वपाको बिधानमा दुई उपसभापतिको व्यवस्था गरिएको छ ।पार्टीको मर्यादाक्रममा अर्याललाई अगाडी राखिएको छ ।

बैठकले अन्य पदाधिकारीको समेत चयन गरेको छ । महामन्त्रीमा मुकुल ढकाल कायम राखिएको छ भने सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् । पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह(कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकिएको छ ।

सहप्रवक्ताको जिम्मेवारी मनिष झा, प्रतिभा रावल, रमेश प्रसाईलाई दिईएको छ । बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र प्रमुख सचेतकमा सन्तोष परियार लाई निरन्तरता दिईएको छ ।