• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

आम्दा अस्पतालका मेसुमाथि हातपात भएपछि सबै सेवा ठप्प



लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरमाथि हातपात गरेको भन्दै अस्पतालले सबै सेवा ठप्प पारिदिएको छ । सुत्केरी गराउन सोमबार अस्पताल आएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको सुत्केरी पछि मङ्गलबार मृत्यु भएको थियो ।

सुत्केरीपछि पनि सामान्य स्वास्थ्य अवस्थामा रहेकी महिलाको मङ्गलबार मृत्यु भएको विषयमा उनका आफन्तले कारण जान्न खोज्दा विवाद भएको थियो । विवाद सुल्झाउन राति अबेरसम्म वार्ता भइरहेको अवस्थामा मृतकका आफन्त अस्पताल व्यवस्थापनबीच विवाद बढ्दा अस्पतालका मेसु डा बस्यालमाथि हातपात गरेका थिए ।

बच्चाको तौल ठूलो भएको र बच्चा जन्मिसकेपछि पाठेघर आफै खुम्चने हुन्छ र सोही क्रममा एक्कासी पल्मोनरी कार्डियोको समस्या भई हार्टअट्याक भएर मृत्यु भएको अस्पतालका चिकित्सक डाक्टर सन्तोष पोखरेलले बताए । विशेषज्ञका अनुसार यस्ता घटनाहरू निकै कम संख्यामा हुन्छ ।

मृतकका आफन्तहरूले अस्पतालको प्रशासनिक भवनका झ्याल, ढोका लगायतका फर्निचरहरू तोडफोड गरेका छन् । अस्पताल अहिले प्रहरीको सुरक्षामा रहेको र कुनै पनि नयाँ बिरामीहरूको भर्ना गरिएको छैन । महिला तथा बालबालिकाको उपचार हुने सो अस्पतालमा सेवा रोकिँदा सयौं बिरामी प्रभावित भएका छन् ।