८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

स्थापनाका ७५ वर्ष: विद्यार्थीको रोजाइ बन्दै

स्थापनाका ७५ वर्ष: विद्यार्थीको रोजाइ बन्दै
अ अ+ अ-

गण्डकी । अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी खोज्दै हिँड्नुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिकमा भने बर्सेनी विद्यार्थी आफैँ विद्यालय रोज्दै भर्ना गरिरहेका छन् । विसं २००६ मङ्सिर २० गते स्थापित उक्त विद्यालय पछिल्लो समय गण्डकी प्रदेशकै ऐतिहासिक विद्यालयमध्येको एक मानिन्छ । पछिल्ला केहीवर्षयता यस विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षणका बढिरहेको छ ।

कक्षा १ देखि १० सम्मका लागि बर्सेनि झण्डै तीन सयको सङ्ख्यामा नयाँ विद्यार्थीले आवेदन दिने गरेका विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाले जानकारी दिनुुभयो । उहाँका अनुसार सिमित स्रोत, विद्यालयको क्षमता, पूर्वाधारलगायत कारणले एक सय विद्यार्र्थी भर्नाबाट वञ्चित हुने गरेका छन् ।

विद्यालयले बिहानका कक्षा सञ्चालन गर्दा २०६४र६५ सालतिर दुुई हजार आठ सयसम्म विद्यार्थी भर्ना गर्ने गरिएको सुनाउँदै प्रअ सापकोटाले हाल एक हजार चार सय ३२ विद्यार्थी अध्ययन गरिरहेका जानकारी दिनुभयो ।

अंग्रेजी माध्यमबाट नि:शुल्क पठनपाठन

विद्यालयमा हाल प्रारम्भिक वालविकास कक्षा सहयोगी ९ईसिडी०देखि कक्षा १२ सम्म ४९ जिल्लाबाट पोखरामा आएर बसोबास गर्ने विद्यार्थी अध्ययनरत रहेका प्रअ सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा सञ्चालित ईसिडीदेखि कक्षा तीनसम्म ‘सेमी मन्टेश्वरी’ विधिमार्फत पठनपाठन भइरहेको छ ।

कक्षा ४ देखि १० सम्म अङ्ग्रेजी माध्यमबाट पूर्ण नि:शुल्क रुपमा सञ्चालनमा रहेका बताउँदै प्रधानाध्यापक सापकोटाले विद्यालयमा अध्ययनरत विद्यार्थीको अनुशासन, नियमितता र प्रभावकारी शिक्षण सिकाइ तथा अतिरिक्त क्रियाकलाप अन्य सामुदायिक विद्यालयका लागि अनुकरणीय रहेको बताउनुुभयो । “हरेक वर्ष यहाँ पढ्न चाहने विद्यार्थीको सङ्ख्या आवश्यकता भन्दा बढी हुँदै गएका छन् । प्रवेशका लागि लिइने प्रवेश परीषामा आउने सङ्ख्या यसको उदाहरण हो”, उहाँले भन्नुुभयो ।

महानगरभित्रको ईसिडीदेखि कक्षा १० सम्म कुनै शुल्क नलिएर (परीक्षा शुल्क समेत) अङ्ग्रेजी माध्यममा शिक्षण गराउने एकमात्र विद्यालय भएको दाबी गर्दै प्रअ सापकोटाले कक्षा ११ र १२ मा पनि अत्यन्तै सुलभ शुल्कमा प्राय: सबै विषय समूहमा अध्ययन अध्यापन भइरहेको जानकारी दिनुुभयो । उहाँका अनुुसार विसं २०५४ देखि प्रात: सत्रमा कक्षा ११ र १२ तथा दिवा सत्रमा ईसिडीदेखि कक्षा १० सम्म पढाइ भइरहेकामा विद्यालयको व्यवस्थापन समितिको निर्णयअनुसार विसं २०७८ देखि सबै कक्षा दिवा सत्रमा सञ्चालन भइरहेका छन् ।

दिवा सत्रमा मात्रै पठपाठन भएकाले विद्यालयका भवन तथा कक्षा कोठाको अभाव हुने गरेको प्रअको भनाइ थियो । उहाँले बिहान प्रार्थना गराउने स्थल, पिउने पानी, हातधुने पानीका धारा, शौचालय, खेलकुद मैदान, चमेना गृह, पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशालालगायत पूर्वाधार थप गर्नुपर्ने अवस्था आएको बताउनुुभयो ।

पोखराका ऐतिहासिक शैक्षिक संस्थामा भएका विभिन्न अभिलेखका आधारमा यस विद्यालयको स्थापना विसं २००६ मङ्सिर २० गते पब्लिक मिडिल स्कुलको नाममा भएको थियो । विद्यालयको तत्कालीन सञ्चालक समितिको अध्यक्षमा वडा हाकिम धनशमसेर जबरा, सचिवमा ऋषिकेशव पराजुली, कोषाध्यक्षमा प्रेमराज मुल्मी, सहसचिवमा सुन्दरप्रसाद मर्सानी र सदस्यमा दयाशङ्कर पालिखे र श्यामप्रसाद कर्माचार्य हुनुहुन्थ्यो । विसं २००७ मा विद्यालयले स्थायी स्वीकृति प्राप्त गरेको थियो ।

विद्यालय सञ्चालन गरिएको नारायणस्थानमा भवन निर्माणका लागि जग खन्दा जमिन भासिएपछि पोखरा१ मा भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणाले जानकारी दिनुुभयो । उहाँका अनुसार तत्कालीन समयमा विद्यालयले चर्चेको जग्गा स्व रत्नाखर पराजुली र उहाँको परिवारको नाममा थियो । विद्यालयलाई करिब ७२ रोपनी अमूल्य जग्गा प्रदान गरेर पराजुली परिवारबाट ठूलो योगदान भएको उहाँले बताउनुुभयो ।

विद्यालयको विसं २०१३ मङ्सिर २१ गते तत्कालीन सञ्चालक समिति, श्री ५ को सरकार र अमेरिकी सहायता नियोगबीच भवन निर्माणका लागि सम्झौता भएपछि यस भवन शिलान्यास भएको इतिहास सुरक्षित रहेको राणाले जानकारी दिनुुभयो । प्रशासनिकबाहेक अन्य भवनका ढलान प्राविधिक रुपमा जीर्ण भई असुरक्षित देखिएकाले विसं २०६७ टिनका छानाले प्रतिस्थापन गरिएको उहाँले बताउनुुभयो ।

शैक्षिक उपलब्धिमा उत्कृष्ट

विद्यालयबाट विसं २०११ मा प्रथम पटक एसएलसी परीक्षामा पाँच विद्यार्थी सहभागी भएकामा चार जना उत्तीर्ण भएको अभिलेख रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राणाले जानकारी दिनुुभयो । “विसं २०१५ देखि राष्ट्रिय बहुउद्देश्यीय उच्च माविका रुपमा सञ्चालन गरिएको थियो । विसं २०२८ देखि पुन:साधारण माविको रुपमा आफ्ना शैक्षिक क्रियाकलाप अगाडि बढाएको थियो”, उहाँले भन्नुभयो ।

विसं २०३१ को एसएलसी बोर्डमा विद्यालयका दानकुमार प्रधान र शङ्करराज श्रेष्ठले क्रमश : प्रथम र द्वितीय स्थान प्राप्त गर्नुुभएको थियो । विसं २०१८ र २०२५ को नतिजामा नेपालकै उत्कृष्ट १० भित्र परेको गौरवमय इतिहास विद्यालयमा सुरक्षित रहेको अध्यक्ष राणाको भनाइ थियो । विसं २०४५ मा पोखराको पहिलो पब्लिक क्याम्पसका रुपमा पोखरा बहुमुखी क्याम्पसको स्थापना यसै विद्यालयमा भएको थियो ।

स्थापनाको ४८औँ वर्षसम्म कक्षा १० सम्म मात्र पढाइ भइरहेकामा विसं २०५४ देखि कक्षा ११ र १२ को पढाइ सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । पृथ्वीनारायण क्याम्पस, पोखराले प्रवीणतापत्र तहको अध्यापन खारेज गरेपछि प्रवीणता तह पढ्ने विद्यार्थी झन बढेका उहाँको भनाइ थियो ।

विद्यालयबाट उत्पादित प्रतिभा देशको राजनीतिक, प्रशासनिक, व्यापारिक, साहित्यिक, साङ्गीतिक, औद्योगिक, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा पुगेका पूर्वविद्यार्थी एवम् पत्रकार रोहितराज पराजुलीले बताउनुभयो ।

स्थापनाको ७५औँ वर्ष पुुगेको उपलक्ष्यमा यही मङ्सिर २० गतेबाट विद्यालयले विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको व्यवस्थापन समितिका अध्यक्ष राणाले जानकारी दिनुुभयो । प्रभातफेरीबाट कार्यक्रमको शुुभारम्भ गरी प्रत्येक महिनाका लागि कम्तीमा एकरएक कार्यक्रम गर्ने नीति लिइने उहाँले बताउनुुभयो । रासस