• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

पोर्टोलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा



एजेन्सी । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको समूह चरण अन्तर्गतको खेलमा पोर्चुगीज क्लब एफसी पोर्टोमाथि २–१ गोलको जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन खेलको ३२ औं मिनेटमा जोआओ कान्सेलोले र ५७ औं मिनेटमा जोआओ फेलिक्सले गोल गरे । पोर्टोका लागि पेपेले ३० मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

समूह एच मा बार्सिलोना ५ खेलबाट १२ अंकका साथ शीर्षस्थानमा छ । पोर्टो समान खेलबाट ९ अंकका साथ दोस्रो स्थानमा छ ।