२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनको लागि हिँडेका प्रसाईंलाई प्रहरीको अवरोध



file photo
अ+ अ-

काठमाडौं । राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अभियान्ता दुर्गा प्रसाईंलाई प्रहरीले अवरोध गरेको छ ।

आन्दोलनको लागि गौशाला हिँडेका प्रसाईंलाई प्रहरीले पेप्सीकोलाबाट फिर्ता पठाएको हो ।

आफ्ना कार्यकर्ता र समर्थकसहित ठिमीस्थित घरबाट हिँडेका प्रसाईंलाई प्रहरीले मनोहरा पुलमा रोकेको बताईएको छ । प्रसाईंलाई आन्दोलनमा प्रत्यक्ष सहभागी हुन नदिन माथिल्लो निकायको आदेशअनुसार उनलाई रोकेको प्रहरीले बताएको छ ।

व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् । सोमबारको आन्दोलनमा प्रहरीले गौशालाबाट धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना पक्राउ गरेको थियो ।