८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

विश्व नेताहरूले कोप–२८ जलवायु सम्मेलनमा ग्लोवल वार्मिङको घातक चक्र तोड्नुपर्छ: महासचिव गुटेरेस

विश्व नेताहरूले कोप–२८ जलवायु सम्मेलनमा ग्लोवल वार्मिङको घातक चक्र तोड्नुपर्छ: महासचिव गुटेरेस
file photo
अ अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले यस हप्ता शुरु हुने जलवायु सम्मेलनमा भाग लिने विश्व नेताहरूले विश्व जलवायु परिवर्तनको खतरा रोक्ने कुरामा आवश्यक जोड दिन आवश्यक रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्र प्रमुखले न्युयोर्कमा संयुक्त राष्ट्र मुख्यालयमा पत्रकारहरूसँगको कुराकानमिा सप्ताहन्तमा अन्टार्कटिकामा बरफ पग्लिरहेको र गम्भीर रूपमा स्तब्ध पार्ने गति भइरहेको बताउनु भयो । उहाँले १९९० को शुरुवातको दर भन्दा तीन गुणा छिटो हिउँ पग्लिरहेको बताउनु भयो । हालको तथ्याङ्कले देखाउँछ कि, दक्षिण ध्रुवमा समुन्द्री बरफको वर्तमान सीमा यस सिजनको औसत भन्दा १.५ मिलियन वर्ग किलोमिटर कम छ । यो क्षेत्र पोर्चुगल, स्पेन, फ्रान्स र जर्मनीको कुल संयुक्त भूमिमास बराबर छ ।

उहाँ जलवायु परिवर्तनका कारण बाढी र नुनिलो पानीको प्रभावले खाद्य र पानीका स्रोतहरूमा प्रभाव पार्ने बताउनु भयो । जसले साना टापुहरू र विश्वभरका धेरै तटीय शहरहरूको दिगोपनलाई असर गर्ने उहाँको भनाइ छ ।

हिउँ घट्दै जाँदा र तातो मौसम तिब्र रुपमा बढ्ने र यसले सम्पूर्णमा असर पुग्ने बताउनु भयो । उहाँले कोप २८ सम्मेलनमा विश्व नेताहरुले जलवायु परिवर्तनबाट भइरहेको असरको चक्र तोड्नुपर्ने बताउनु भयो ।

यसका लागि नवीकरणीय उर्जाको तीन गुणा प्रयोग, ऊर्जा दक्षतामा दोब्बर बनाउने र २०३० सम्ममा सबैका लागि स्वच्छ उर्जामा पहुँच गर्ने विश्वव्यापी सम्झौता पर्याप्त हुने बताउनु भयो ।