• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

थाई पारा–एथलिट दुलाहाद्वारा विवाहको दिन दुलहीको हत्या



बैङ्कक । एक सम्मानित थाई पारा एथलिटले आफ्नो विवाहको रिसेप्सनमा आफ्नी दुलही र अन्य चार जनाको हत्या गर्नुअघि आफैँलाई बन्दुकले उडाएको प्रहरीले सोमबार बताएको छ ।

आसियान पारा खेलकुदको रजत पदक विजेता २९ वर्षीय चतुरोङ सुक्सुकले शनिबार उत्तरपूर्वी थाइल्यान्डमा भएको विवाहमा दुलही कञ्चना पचुन्थुक, उनकी आमा र बहिनीलाई गोली चलाएका थिए ।

“उनीहरूबीच निजी मामिलामा बहस भएको थियो र चतुरोङले आफ्नो कारमा गए र गोली चलाउनुअघि बन्दुक उठाए”, उत्तरपूर्वी नाखोन रत्चासिमा प्रान्तका प्रहरी अधिकारी म्याटिचोन वोङगबाओकुलले भन्नुभयो । उहाँका अनुसार चतुरोङले स्वयंलाई मार्नुअघि पहिला आफ्नी दुलही र अन्य चार जनामाथि गोली चलाएका थिए । मारिनेमध्ये एक अतिथि पनि थिए ।

पौडी खेलाडी उनले इन्डोनेसिया र कम्बोडियामा सन् २०२२ मा भएको आसियान पारा खेलकुद प्रतियोगितामा दुई रजत पदक जितेका थिए ।

उनी थाई सेनाका रेन्जर रहेको र सीमामा गस्ती गर्ने क्रममा उनले आफ्नो दाहिने खुट्टा गुमाएको स्थानीय मिडियाले बताएका छन् ।

कानूनी र अवैध दुवै तरिकाले सजिलै बन्दुक उपलब्ध हुने थाइल्यान्डमा बन्दुक हिंसा सामान्य छ । यद्यपि सामूहिक गोली हानाहान सामान्यतया दुर्लभ हुन्छन् । यो हमला गत महिना एक मलमा भएको हमलामा तीन व्यक्ति मारिएको घटनापछि भएको हो ।