१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको निकासका लागि वर्तमान सरकार विघटन गर्नु नै सही निर्णय हुन्छ: प्रभु साह



अ+ अ-

काठमाडौँ । आज जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सत्तारुढ गठबन्धन सरकार विघटन हुनुपर्ने बताउनुभएको छ ।
मुलुकलाई संकटबाट निकास दिनका लागि वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार बनाएर अघि बढ्नु नै सही निर्णय हुने उहाँको जिकिर थियो ।

सोमबार काठमाडांैमा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष साहले विचौलिया र दलालहरुको हिस्साको रुपमा काम गरिरहेको सरकारलाई विघटन गर्नुको विकल्प नरहेको दोहोर्‍याउनु भयो । उहाँले मुलुकमा विद्यमान राजनीतिक अराजकतालाई अन्त्य गर्नका लागि राष्ट्रपतीय प्रणालीमा जानुपर्ने प्रश्ताव समेत गर्नुभयो । अध्यक्ष साहले सरकारले मिटरब्याजीको नाममा भ्रष्टाचार र घुसखोरीलाई बढावा दिएको उल्लेख गर्दै त्यसविरुद्ध आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मिटरब्याजीको नाममा भ्रष्टाचार, घुसखोरी चरम सीमामा छ । यसलाई रोक्न सबैको ध्यान जाओस् । खासगरी सरकार, जसले मिटरब्याजीमार्फत गरिवलाई न्याय दिन्छु भनेको थियो । आज ती कुरा हावादारी जस्तो भयो । गरिवले न्याय पाएनन् । अन्तत: दलालले लाभ पाए । घुसखोर कर्मचारीले लाभ पाए । र, आज एउटा खेल तमासा सिडियो कार्यालयहरुमा भईराखेको छ । त्यतातिर सरकारको ध्यान जाओस् । म विशेष आग्रह गर्न चाहन्छु । महंगी ठूलो समस्या भएको छ । सरकार निकम्ममा देखिएको छ । मिसावट, कालोबजारी देशको प्रमुख समस्या भएको छ । र, त्यसलाई रोक्न सरकार निकम्मा जस्तो देखिन्छ । तपाईहरुलाई थाहा छ–नेपालमा चिनीको हाहाकार छ । एक दिइ, दुई दिन होइन, महिनौंदेखि यो समस्या छ ।’

‘तर पनि पर्याप्त चिनी मान्छेले पाउन नसकेका छैनन् । तपाईमा ८० रुपैयाँ केजीमा पाइने चिनी काठमाडौंमा १६० रुपैयाँ पर्छ । यो भन्दा पीडादायी के हुन्छ ? सरकारले यो रेट रोक्नै नसक्ने हो र । के सरकारले आपूर्ति व्यवस्था मिलाउनै नसक्ने हो र ? जिरा ५ सय चिज आज १५ सय पर्छ । यसलाई नियन्त्रण गर्न यदि सक्दैन भने, जनतालाई सहज ढंगले सेवा दिन सक्दैन भने छोडनु पर्छ । सक्छौं भने परिणाम देखाउ सरकार । बिचौलिया, दलालहरुको हिस्सा हो सरकार । यसै हिसावले सरकार चलिराख्यो भने नेपाली जनताको भविष्य छैन । यतातिर सबैको ध्यान जाओस भन्ने चाहन्छु । हाम्रो यो बैठकले यसलाई सही निष्कर्ष दिन सक्नु पर्छ । हामीले भनेका छौं–देशको निकासको सही निर्णय भनेकै यो सरकारको विघटन, यो व्यवस्थाको विकल्पमा अन्तरिम सरकार बनाएर अघि बढ्ने हामीले भनेका छौं । राष्ट्रपतीय प्रणालीमा जानुपर्छ । अनि मात्रै देशमा स्थिरता प्रदान हुन्छ । अनैतिकताको राजनीतिलाई अन्त्य गर्नुपर्छ ।’

त्यस अवसरमा अध्यक्ष साहले राजनीतिक दलहरुले जनमतको अपमान गरेको भन्दै आफ्नो पार्टीले जनमत फिर्ता अभियानलाई अघि बढाउने घोषणा समेत गर्नुभयो ।